नक्कली बिक्री बिजक जारी गरी ६  करोड ५२ लाख राजश्व छलि गर्ने बिरुद्ध मुद्दा दर्ता

Advertisement

काठमाडौँ । राजश्व अनुसन्धान विभागले ६ करोड ५२ लाख १३ हजार ७ सय २६ रुपियाँ राजश्व छली गर्ने शुलभ ट्रेड कन्सर्नका प्रोप्राइटर अमिरी ठाकुर विरुद्ध मुद्दा दर्ता गरेको छ ।

झुट्टा तथा नक्कली मूल्य अभिबृद्धि कर बिजक प्रयोग गरी राजश्व छलि गर्ने बारा बिश्रामपुर बस्ने ठाकुर बिरुद्ध आइतबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो । 

Advertisement

उक्त फर्मले बस्तु तथा सेवा खरिद नै नगरी झुट्टा तथा नक्कली बिक्री बिजक जारी गरी आव २०६८/६९ देखि २०७३/७४ सम्म राजश्व चुहावट गरेको अनुसन्धानबाट पुष्टी भएपछि मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए । 

उनी बिरुद्ध मूल्य अभिबृद्धि करतर्फ २ करोड १५ लाख ८८ हजार २ सय ३ रुपियाँ र आयकरतर्फ ४ करोड ३६ लाख २५ हजार ५ सय २३ रुपियाँ बिगो रकम असुल गरी जरिवाना र कैद सजायको माग दाबी सहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागले आज प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।    
 

Advertisement

Advertisement