ओलीले गणतन्त्र सिध्याउन लागे, महिलाहरु पनि सडकमा उत्रिनुपर्योः प्रचण्ड

Advertisement

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन गरेर प्रधानमन्त्री केपी ओलीले गणतन्त्र र संविघान नै विघटन गरेको आरोप लगाएका छन् । 

अखिल नेपाल महिला संघको कार्यक्रममा सोमबार उनले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको नभइ संविधान र संघीय गणतन्त्रनै विघटन गरेको तर्क गरे । 

Advertisement

जनताले ७० वर्ष लडेर ल्याएको गणतन्त्र ओलीले सिध्याउन लागेको भन्दै प्रचण्डले यसको रक्षाका लागि संघर्षको मैदानमा उत्रन महिलाहरुलाई आग्रह गरे । 

उनले प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी, स्वेच्छाचारी र निरंकुश कदम भएको बताउँदै यसविरुद्ध एकजुट भएर लाग्न आग्रह गरे । अहिलेसम्मको उपलब्धी रक्षाका लागि जनताको अदालतमा जानुपर्ने प्रचण्डले बताए । 

नेता प्रचण्डले पार्टी एकताका बेला भएको सहमति ओलीले नमान्दा अहिलेको अवस्था आएको बताए । उनले भने, ‘प्रतिवेदन र सम्झौता अध्ययन गर्दा को सहि, को गलत ? छुट्याउन सहज हुन्छ ।’

सूर्य चिन्ह र लोगो आफूहरुले पाउने भएकाले शंका नगर्न प्रचण्डले आग्रह गरे । 

Advertisement

Advertisement