इसेवा र लिगल रेमिटबीच सम्झौता, अब अष्ट्रेलियाबाट सहजै रेमिट्यान्स् पठाउन सकिने

Advertisement

काठमाडौँ । इसेवा मनि ट्रान्सफर र अष्ट्रेलियाको प्रतिष्ठत रेमिट्यान्स् कम्पनी लिगल रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो सँगै अष्ट्रेलियामा रहेका नेपालीहरूलाई नेपालमा रेमिट्यान्स् पठाउन अझ सहज भएको छ । 

रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवा मनि ट्रान्स्फरका प्रबन्ध निर्देशक अजेश कोइराला र लिगल रेमिटका तर्फबाट निर्देशक विवेक ढकालले हस्ताक्षर गरेका छन् । 

Advertisement

अष्ट्रेलियाबाट नेपालीहरूले नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा रकम पठाउन सकिनेछ । नगदमा पठाइएको रकम इसेवा मनि ट्रान्स्फरका नेपाल भर रहेका ८ हजार भन्दा धेरै एजेन्ट तथा इसेवावालेट एप माफर्त पनि प्राप्त गर्न सकिनेछ । त्यसैगरी बैंक खातामा पठाएइको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । नगदमा पठाइएको रकम इसेवा वालेटमा रिसिभ गर्दा रू ५५ अतिरिक्त क्यासब्याक प्राप्त हुनेछ । 

लिगल रेमिट अनलाइनमार्फत कारोबार गर्ने र उच्च स्तरको प्रविधि प्रयोग गरेको कम्पनी भएको हुँदा ५ मिनेट भित्रै रेमिटेयान्स् प्राप्त गर्न सकिनेछ । 

Advertisement

Advertisement