ओलीलाई पार्टी साधारण सदस्यसमेत नरहनेगरी निकाल्दै प्रचण्ड–माधव समूह, पत्र बालुवाटार पुग्यो

Advertisement

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सत्ता संघर्षका क्रममा विभाजित भएसँगै नेकपाको प्रचण्ड–माधव समूहले केपी ओलीलाई थप कारवाहीको तयारी गरेको छ । 

पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले नेतृत्व गरेको समूहले आफू नै आधिकारिक दल भएको दाबीसहित प्रधानमन्त्रीसमेत रहेका नेता केपी ओलीलाई साधारण सदस्यबाट हटाउने प्रक्रिया अघि बढाएको छ । 

Advertisement

यसअघि अध्यक्षबाट हटाइसकेको उक्त समूहले अब साधारण सदस्यबाटै ओलीलाई हटाउन लागेको तर्क गरेको छ । सोही क्रममा ‘तिमीलाई साधारण सदस्यबाट किन नहटाउने ?’ भन्ने व्यहोराको स्पष्टिकरणपत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुर्याइएको छ । 

प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेको नेतृत्वमा एउटा समूहले उक्त पत्र बालुवाटार पुर्याएको हो । पत्रमा ओलीले पार्टीको अनुशासन उल्लङघन गरेको आरोप लगाइएको छ । ओली र उनको समूहले भने आफू नै आधिकारिक नेकपा भएको भन्दै निर्वाचनबाट चुनाव चिन्ह सूर्य आफूले नै पाउने जिकिर गरेको छ । 

Advertisement

Advertisement