नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा ११ लाख ७७ हजार जनाको आवेदन, मंगलबार अन्तिम दिन

Advertisement

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको निष्काशन खुला भएको साधारण शेयर(आईपीओ)मा आज साँझ ५ बजेसम्म ११ लाख ७७ हजार ९ सय २० जनाले आवेदन दिएका छन् । 

अहिलेसम्मकै ठूलो ८ अर्ब रुपियाँको ८ करोड कित्ता आईपीओ निष्काशन खुला भएको हो । आज साँझसम्म १४ अर्ब १९ करोड ९६ लाख ४२ हजार रुपियाँ बराबरको १४ करोड १९ लाख ९६ हजार ४ सय २० कित्ताका लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ हाउसले जनाएको छ । 

Advertisement

कुल ८ करोड कित्तामध्ये ०.२० प्रतिशतले हुन आउने १,६०,००० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याईएको छ । त्यस्तै, थप ५ प्रतिशतले हुन आउने ४०,००,००० कित्ता शेयर भने सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता भने सर्व साधारणका लागि आवेदन खुला गरिएको हो । 

बैंकको आईपीओमा भोलि मंगलबार कार्यालय समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ । 

तलको लिंक पनि क्लिक गर्नुहोस्ः 

आठ अर्बको सर्वाधिक ठूलो आईपीओ आजदेखि, कति भर्दा कति पर्छ ?

'निफ्राको आइपीओ भर्नुस्, प्रतिफलको चिन्ता नगर्नुस्'

Advertisement

Advertisement