नयाँ कृषिमन्त्रीले पनि भनिन्– किसानको वर्गीकरण गरेर परिचयपत्र दिन्छौं

Advertisement

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानको वर्गीकरण गरेर कृषि कार्यक्रम वितरण गरिने बताएकी छन्।

अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) केन्द्रीय समितिका पदाधिकारी तथा जनप्रतिनिधि महिलासँग सोमबार आयोजित कार्यक्रममा उनले पहिलो चरणमा किसानको वर्गीकरण परिचयपत्र वितरण गर्ने तयारी गरेको बताइन्। 

Advertisement

‘किसानको वर्गीकरण गरी परिचयपत्र वितरणको काम सम्पन्न गर्छौं, वर्गीकरणका आधारमा कृषि कार्यक्रमलाई व्यवस्थित ढङ्गले अगाडि बढाउँछौँ’, मन्त्री अर्यालले भने, ‘आगामी फागुनदेखि यो कार्यक्रम द्रुतरुपले अगाडि बढ्छ।’

किसानो हकहितका निम्ति स्थापना गरिएको किसान आयोगलाई शक्तिशाली बनाइने उल्लेख गर्दै उनले किसानको हकहितका निम्ति गठन भएको आयोग अहिलेको अवस्थाले मात्र उसको उद्देश्य पूरा गर्न नसक्ने स्पष्ट पारिन्। 

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement