वैदेशिक रोजगारीमा भारी गिरावट, छ महिनामा ८३ प्रतिशतले घटे

Advertisement

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या औषतमा साढे ८३ प्रतिशतले घटेको पाइएको छ ।

गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा ८३.४६ प्रतिशतले घटेको हो । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार पुनः श्रम स्वीकृति लिनेको संख्या ७६ प्रतिशत र संस्थागत तथा नयाँ श्रम स्वीकृति लिनेको संख्या ९० प्रतिशतले घटेको हो ।

Advertisement

यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत, व्यक्तिगत, नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या गत वर्षको १ लाख ५३ हजार २ सय ७७ बाट ९० प्रतिशत घटेर चालू आवमा १५ हजारमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ११.८ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १ लाख ३३ हजार ४ सय ७४ बाट ८३ प्रतिशतले घटेर चालू आवको ६ महिनामा ३२ हजार ३ सय ७३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७।६ प्रतिशतले बढेको थियो ।

विश्वव्यापी कोरोना संक्रमणका कारण वैकल्पिक रोजगारीको रूपमा रहेको वैदेशिक रोजगारीको मागमा आएको कमीका कारण अन्तिम श्रम स्वीकृति लिनेको संख्या विगत ६ महिनामा ४७ हजारमा सीमित भएको छ । 

कारोबार दैनिकबाट ।

Advertisement

Advertisement