शेयर बजारमा अधिकांश समूह राताम्मे हुँदा यी फाइनान्स कम्पनीका शेयरधनीलाई १० प्रतिशत नाफा

Advertisement

काठमाडौँ । साताको पहिलो र दोश्रो दिन दोहोरो अंकले बढेको शेयर बजार आज तेश्रो दिन भने झिनो अंकले घटेको छ । आइतबार २८.४६ र सोमबार १७.३१ अंकले बढेको बजार आज भने ५.५७ अंकले घटेको हो । 

नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । आइतबार ६ अर्ब ३७ करोड ४२ लाख ६७ हजार ७ सय ८२ रुपियाँ र सोमबार ६ अर्ब ३१ करोड ४६ लाख ६४ हजार १ सय ६६ रुपियाँ ५५ पैसा बराबरको शेयर किनबेच भएको थियो भने आज ७ अर्ब ४६ करोड ७४ लाख ३९ हजार ८ सय ४८ रुपियाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले जनाएको छ ।
  
नेप्सेका अनुसार आज ०.२४ प्रतिशतले बजार घट्दा परिसूचक २३२६.९० अंकमा झरेको छ । आज २०७ कम्पनीका १ करोड ६३ लाख ५ हजार १ सय ४१ कित्ता शेयर किनबेच भएको छ । 

Advertisement

बजार घटेको दिन आज अधिकांश समूह राताम्मे भएका छन् । ट्रेडिङ समूह, वित्त समूह र जीवन बीमा समूहमा भने हरियाली छाएको छ । आज जीवन बीमा समूहमा लगानीकर्ताहरु झुम्मिए । जीवन बीमा समूह सबैभन्दा बढी ५३५.६७ अंकले बढेको हो ।

आज प्रोग्रेशिभ फाइनान्स लिमिटेड, नेपाल फाइनान्स लिमिटेड र गोर्खाज फाइनान्स लिमिटेडका शेयरधनीहरुले सबैभन्दा बढी १०-१० प्रतिशत नाफा कमाएका छन् । 

त्यसैगरी सपोर्ट लघुवित्तका शेयरधनीहरुले भने सबैभन्दा बढी ७.७४ प्रतिशतले घाटा ब्यहोरेका छन् । नेप्सेका अनुसार आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको उच्च कारोबार भएको छ । नेपाल लाइफको ९१ करोड ९७ लाख ६ हजार ८ सय १ रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।      
 

Advertisement

Advertisement