राजतन्त्र पुनःस्थापनाको प्रक्रिया सुरु भयोः प्रचण्ड

Advertisement

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन राजतन्त्र पुनःस्थापना गर्ने प्रक्रियाको सुरुवात भएको बताएका छन् ।

आफ्नो समूहसम्वद्ध नेपाल प्रेस संगठनको भेलामा उनले संसद विघटन गरेर प्रधानमन्त्रीले राजसंस्था पुनःस्थापनाको प्रक्रिया सुरु गरेको बताएका हुन् । ओलीको सिफारिसमा राजाको भाषा ह्वास गनाएको प्रचण्डको टिप्पणी छ । उनले भने ‘यो राजतन्त्र पुनःस्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको जुन सुरुवात भएको छ, यसलाई हर मूल्यमा रोक्नुछ ।’ 

Advertisement

उनले थपे, ‘त्यो सिफारिसको भाषामा राजाको भाषा ह्वास्सै गन्हाएको छ । संसद विघटन सिफारिस भएको भाषामा राजा महाराजाको दुर्गन्ध आउँछ । ओलीको हरेक भाषामा राजतन्त्रको आभास मिल्छ । निरंकुशतन्त्रतर्फ देशलाई धकेल्ने काम भएको छ ।’

प्रचण्डले प्रतिगमनविरुद्ध लडाइँ गर्नुपर्ने बेला फेरि आएको दोहोर्याए । आफैंले बनाएको प्रधानमन्त्रीले संविधानको हत्या गर्न खोजेको उनको तर्क थियो । 

सोही समूहका अर्का नेता माधव नेपालले अरिंगाल र झुसिल्किराले केही गर्न नसक्ने तर्क गरे । सत्य र न्यायको पक्षमा आफूहरु रहेको दाबी गर्दै उनले सत्यको पक्षमा उभिने असल नेता हुने बताए । 

नेपालले असली एमाले आफू भएको दाबीसमेत गरे । उनले नेकपा बनेपछि एमाले र माओवादी कोही नरहेकोसमेत तर्क गरे । नेपालले भने, ‘ओरिजिनल एमाले माधव नेपाल हो, केपी ओली होइन । तर अब एमाले र माओवादी कोही छैन । सबै नेकपा भैसकेको छ ।’

Advertisement

Advertisement