चन्द्रागिरि हिल्सको आईपीओ यसैसाता बाँडफाँट हुने सम्भावना, भोलि प्रि-अलोटमेन्ट

Advertisement

काठमाडौँ । मागको तुलनामा १७.५३ गुणा आवेदन परेको चन्द्रगिरि हिल्सको साधारण शेयर(आइपीओ) यसैसाता बाँडफाँट हुने सम्भावना रहेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बुधबार प्रि-अलोटमेन्ट सम्पन्न गरी शुक्रबार बाँडफाँट गर्ने तयारी भएको छ । 

पुस २४ गतेबाट २८ गतेसम्म निष्काशन खुला भएका आईपीओमा कुल २ अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपियाँ बराबरको आवेदन परेको छ । हालसम्मकै बढी संख्या १२ लाख ५१ हजार १० जनाले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताका लागि आवेदन दिएको बिक्री प्रबन्धकले जनाएको छ । 

Advertisement

प्रतिकित्ता रु. १०० अंकित दरका १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्काशन गरिएकोमा ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको थियो । बाँकी १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यबस्था थियो । यसलाई आधार मान्दा १ लाख ३९ हजार ६ सय २ जनाले मात्र १०–१० कित्ताका दरले शेयर पाउने छन् । बाँकी ११ लाख ११ हजार ४ सय ८ जनाको भने हात खाली हुनेछ । 

शेयर नपरे पनि चन्द्रागिरि हिल्स लिमिटेडले चन्द्रागिरि केबल कारमा १ वर्षसम्म २५ प्रतिशत छुट घोषणा गरेको छ । 

Advertisement

Advertisement