बाबुरामको प्रस्ताव– भूमाफियालाई तह लगाउन केही बर्ष राजधानी काठमाडौं बाहिर सारौं

Advertisement

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले केही बर्षका लागि राजधानी काठमाडौं बाहिर राख्न प्रस्ताव अघि सारेका छन् । भूमाफियालाई छाडा छोड्दा काठमाडौं कंक्रिटको जंगल भएको भन्दै त्यसलाई रोक्न केही बर्ष राजधानी बाहिर सार्नुपर्ने बताए । 

जनता समाजवादी पार्टीका नेतासमेत रहेका बाबुरामले मंगलबार ट्विट गर्दै अहिलेकै स्थिति कायम रहेमा काठमाडौं केही बर्षमा बस्न नहुने स्थितिमा पुग्ने तर्क गरेका छन् । 

Advertisement

उनी लेख्छन्, ‘विकास र संरक्षण बीचको अन्तरसम्बन्ध बुझ्न र सन्तुलन कायम गर्न नसक्दा र क्रोनी क्यापिटालिज्मका मुख्य खलपात्र भूमाफियालाई छाडा छोड्दा काठमाडौं उपत्यका त केही दशकमा कंक्रिट जंगल बनेर बस्न अयोग्य हुने भयो ! तुरून्त राष्ट्रिय भूउपयोग नीति लागू गरौं  संघीय राजधानी काठमाण्डौ बाहिर सारौं !’

Advertisement

Advertisement