चीनको यही रबैया हो भने उससँगको हाम्रो व्यापार नीतिमा पुनर्विचार गर्नुपर्ने हुन्छः मन्त्री भट्ट

Advertisement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उत्तरी नाका सञ्चालन गर्न आनाकानी गरेकोप्रति असन्तुष्टि पोखेका छन् । महिनौदेखि नाकाहरु खोल्न नमानेर चीनले अघोषित नाकाबन्दी गरेको व्यापारीहरुले बताइरहेको बेला मन्त्री भट्टले पनि चीनको आलोचना गरेका छन् । 

नेपाल इन्टर मोडल यातायात विकास समितिको वाषिर्कोत्सवमा मंगलबार उनले विभिन्न बाहानामा चीनले एक वर्षदेखि नेपालसँगको व्यापार रोकेको भन्दै चीनको व्यवहारकै कारण उससँगको व्यापार सम्बन्ध पुनर्विचार गर्नुपर्ने अवस्था आएको बताए । 

Advertisement

छिमेकी भएर पनि चीनले नेपालसँगको व्यापारमा गैरजिम्मेवारपूर्ण व्यवहार देखाएको भट्टको भनाई थियो । चीनसँग पारवहन सम्झौता भइसकेको अवस्थामा थप व्यापार विस्तारका लागि अग्रसर हुनुपर्नेमा चीनले नाका खोल्न आनाकानी गरेको उनको आशय छ । 

मन्त्री भट्टले पहिले कोभिड र अहिले विभिन्न बहानामा नेपालसँग चीनले एक वर्षदेखि व्यापार रोक्दा त्यसको असर चौतर्फी रुपमा परेको बताए । उनले भने, ‘हाम्रो पडौसीको व्याहारले असहज र अप्ठ्यारो भएको छ,  अप्ठ्यारो अवस्थामा पनि जिम्मेवार देखिएनन् । यस्तै हो भने चीनसंग व्यापार गर्ने की नगर्ने ? यस बारेमा मैले प्रधानमन्त्रीज्यूसँग प्रश्न उठाएको छु ।’

भट्टले भने, ‘यसरी कसरी चिनसँग कसरी व्यापार गर्ने ?’ चीनले नाका नखोल्दा नेपाली व्यवसायीको सामान विगत १० महिनादेखि तिब्बततर्फको भूभागमा अडकिएको छ । 

Advertisement

Advertisement