कडा सुरक्षाका बीच बाइडेन आज शपथ लिँदै, ट्रम्प कार्यक्रममा नजाने

Advertisement

अमेरिकामा २० जनवरीको दिन नवनिर्वाचित राष्ट्रपतिले शपथग्रहण लिने परम्परा छ । यो दिन निर्वाचित राष्ट्रपतिको स्वागत तथा निवर्तमान राष्ट्रपतिको बिदाइ गरिन्छ । लगातार दुईपटक निर्वाचित भए केवल स्वागत मात्र हुन्छ । यसपटक डेमोक्रेटिक पार्टीका जोसेफ आर बाइडेन जुनियर अर्थात् जो बाइडेनले बुधबार राति १०ः४५ बजे ४६औँ राष्ट्रपतिका रूपमा शपथ लिनेछन् । 

क्यापिटल हिलमा यसपटकको शपथ समारोह सामान्य हुनेछ । कोरोना भाइरसका कारण ८० प्रतिशत शपथ कार्यक्रम भर्चुअल रूपमा गरिन लागेको हो । गत ६ जनवरीमा रिपब्लिकन पार्टीका समर्थकले क्यापिटल हिलमा गरेको हिंसात्मक गतिविधिपछि राष्ट्रपतिको शपथ कार्यक्रम सामान्य ढंगले हुन लागेको अमेरिकन एजेन्सीहरूले जनाएका छन् ।

Advertisement

अमेरिकाको राजधानी वासिङ्टन डिसीलगायत ५० राज्यमा सुरक्षा व्यवस्था निकै बलियो बनाइएको छ । शपथ कार्यक्रममा हिंसात्मक गतिविधि हुन सक्ने आशंकाका साथ सुरक्षा व्यवस्था कडा बनाइएको एजेन्सीहरूले जनाएका छन् । राजधानी वासिङ्टनमा १५ हजार विशेष सुरक्षा सैनिक परिचालन भएको छ । साथै, राष्ट्रिय सुरक्षा फोर्सले पनि गस्ती गरिरहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका समर्थक अझै पनि बाइडेनले धाँधली गरी जित निकालेको दाबी गरिरहेका छन् । तर, ट्रम्पले त्यसको कुनै पनि प्रमाण दिन सकेका छैनन् ।

बाइडेनको शपथमा राष्ट्रपति ट्रम्प सहभागी नहुने भएका छन् । 

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement