जलविद्युतमा पाँच खर्ब १५ अर्ब रुपियाँ वैदेशिक लगानी

Advertisement

काठमाडौं । वैदेशिक लगानीकर्ताले एक दशकको अवधिमा नेपालको जलविद्युत् तथा इनर्जी क्षेत्रका परियोजना निर्माणका लागि पाँच खर्ब १५ अर्ब रुपियाँ लगानी गर्नका लागि स्वीकृति लिएका छन् । वैदेशिक लगानीकर्ताले आयोजनाको लागि स्वीकृति लिएअनुसारको रकम नेपालमा भित्र्याउन भने सकेका छैनन् । 

नेपालमा लगानी गर्न चाहने वैदेशिक कम्पनी वा लगानीकर्ताले लगानी बोर्डको कार्यालय र उद्योग विभागसँग स्वीकृति लिएर मात्रै लगानी भित्र्याउन पाउने प्रावधान छ । तर, लगानी गर्ने प्रतिबद्धता जनाउने तर, पर्याप्त लगानी नभित्र्याउने समस्या कायमै छ ।  

Advertisement

लगानी बोर्डको कार्यालयले आर्थिक वर्ष ०७–७१ देखि ०७७–७८ सम्म सातवटा जलविद्युत् आयोजनाका लागि वैदेशिक लगानी स्वीकृत गरेको छ । बोर्डका अनुसार पश्चिम सेती जलविद्युत् आयोजनाका लागि १६ सय मिलियन अमेरिकी डलर (युएसडी) स्वीकृत गरेको छ । बोर्डको कार्यालयले ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी मस्र्याङ्दी जलविद्युत् आयोजनामा ३५.७५ मिलियन युएसडी, ५० मेगावाटको मस्र्याङ्दी बेसी जलविद्युत् आयोजनामा १०३.४ मिलियन युएसडी लगानी स्वीकृत गरेको छ ।  

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement