एक्साइड ब्याट्रीको लागि पेपरलेस वारेन्टी, अब कार्ड खोजी राख्नु नपर्ने

Advertisement

काठमाडौँ । एक्साइड ब्याट्रीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रा लिले ग्राहकहरुको सहजतालाई ध्यानमा राखेर पेपरलेस वारेन्टीको सुरुवात गरेको छ । पेपरलेस वारेन्टी मार्फत् एक्साइड ब्याट्रीको वारेन्टी अवधिमा पाउने सुबिधाको लागि अब वारेन्टी कार्ड खोजि राख्नुपर्दैन । अब ग्राहकहरुले एक्साइड ब्याट्री खरिद गर्दा पाउने वारेन्टी सिप्रदी एप डाउनलोड गरी त्यसमा रेजिस्टर गरेर वारेन्टीको दाबी गर्न सक्ने छन् । 

एक्साइड ब्याट्री नेपालका जेनेरल म्यानेजर सुरेशकुमार तिवारीका अनुसार, ‘एक्साइड ब्याट्रीलाई नेपालको नम्बर १ ब्याट्री बनाउनुमा हाम्रो ग्राहकहरुको ठुलो भुमिका रहेको छ । ग्राहकहरुको हामीप्रतिको उदारता र विश्वासले हामीलाई सधैं हाम्रा ग्राहकहरुको हितमा काम गर्ने उर्जा र हौसला प्रदान गर्दछ । त्यही कार्यलाई निरन्तरता दिंदै हामीले अहिले पेपरलेस वारेन्टीको सुरुवात गरेका छौँ ।’

Advertisement

‘धेरै ग्राहकहरुबाट वारेन्टीको दावी गर्दा वारेन्टी कार्ड हराएको वा नभेटिएको गुनासो आइराख्ने भएकोले त्यस झन्झटबाट मुक्त हुन पेपरलेस वारेन्टीको सुरुवात गरेका छौँ । यसको प्रयोगले हाम्रा ग्राहकको साथै विक्रेताहरुलाई पनि सहज हुनेमा हामीलाई पूर्ण विश्वास छ ।’–उनले भने । 

पेपरलेस वारेन्टी अन्तर्गत एक्साइड ब्याट्रीको वारेन्टी स्टोर गर्न, ग्राहकहरुले आफ्नो स्मार्टफोनमा सिप्रदी एप डाउनलोड गरेर, एक्साइड ब्याट्री वा वारेन्टी कार्डमा भएको क्युआर कोड स्क्यान गरी रेजिस्टर गर्न सकिने छ । पेपरलेस वारेन्टीबाट ग्राहकहरूले झन्झट रहित वारेन्टी सजिलै प्राप्त गर्न सकिने भएकोले यसलाई ग्राहकहरूले मन पराउनेमा कम्पनी विश्वस्त रहेको छ ।


 

Advertisement

Advertisement