कृषि विकास बैंकले सुरु गर्यो किसान क्रेडिट कार्ड र मोवाइल एप सेवा

Advertisement

काठमाडौं । नेपाल कृषि विकास बैंकले बुधबारबाट किसान क्रेडिट कार्ड र किसान एप शुभारम्भ गरेको छ । बैंकको ५४औं वाषिर्कोत्सवको अवसरमा अर्थमन्त्री विष्णु पौडेलले किसान क्रेडिट कार्ड र एपको शुभारम्भ गरेका हुन् ।

किसान क्रेडिट कार्ड र किसान एप एकअर्कामा अन्तरसम्बन्धित हुने जनाउँदै बैंकले किसानले बैंकबाट ऋण स्वीकृत गराएपछि त्यसको निश्चित रकम कार्डमा लोड हुने किसान एपमा किसानको प्रोफाइल तयार हुने जनाएको छ । कृषि कर्मका लागि उनीहरुले ऋण लिएपछि यस्तो कार्ड पाउने छन् । 

Advertisement

हाल बैंकहरुले प्रयोग गर्ने एटीएम कार्ड आकारकै किसान क्रेडिट कार्ड क्युआर कोडमा आधारित हुन्छ । यो एटीएम मेशिनमा चल्ने नभई बैंकबाट लिएको ऋणको किस्ता झिक्न चेक बोकेर हिँड्नुपर्ने झन्झट भने हुँदैन् । बैंकले नगद भुक्तानी प्रदायकहरु गाउँ गाउँमा खडा गर्ने र सोहीमार्फत किसानले उद्योग व्यवसायका लागि चाहिएको बेला नगद लिन सक्नेछन् । नगदका लागि यस्तो कार्डको व्यवस्था गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले बताए । 

त्यस्तै, किसानले एपमार्फत आफ्नोबारे जानकारी थप गर्न, बैंकको सुचनाहरु प्रूाप्त गर्न सक्नेछन् । किसानलाई बैंकले युजर आईडी र पासवर्ड उपलब्ध गराउँछ । आफूलाई परम्परागत बैंकिङबाट आधुनिक बैकिङमा रुपान्तरण गर्दै लगेको कृषि विकास बैंकले यो गरेको यो सेवाले उसको व्यवसायमा निकै ठूलो विस्तार हुने आशा गरिएको छ । 

साथै, यस किसिमको सेवाले कृषि पेशा तथा व्यवसायमा लाग्नेहरुलाई पनि प्रोत्साहन र सहजीकरण हुने, कृषि उत्पादन वृद्धिमा समेत टेवा पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायको विश्वास छ । 

Advertisement

Advertisement