नयाँ दल खोलेर फेरि राष्ट्रपति हुने ट्रम्पको चाहना, सल्लाहकारहरुसँग परामर्श

Advertisement

काठमाडौं । हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनमा पराजय भोगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ पार्टी खोलेर पुनः राष्ट्रपति हुने इच्छा प्रकट गरेका छन् । 

आज बुधबार कार्यकाल समाप्त भएर घर फर्किन लागेका ट्रम्पले नयाँ राजनीति दल खोल्ने बारे आफ्ना सहयोगी तथा सल्लाहकारसँग परामर्श थालेका छन् । गएको निर्वाचनमा धाँधली भएको भन्दै परिणाम स्वीकार्न नमान्दै आएका उनले नयाँ दल दर्ता गरेर पुनः राष्ट्रपति हुन चाहेको समाचार अमेरिकी मिडियाहरुले प्रकाशित गरेका छन् । 

Advertisement

द वाल स्ट्रिट जर्नलका अनुसार ट्रम्पले गएको हप्ता आफ्ना सहयोगी तथा सल्लाहकारहरुसँग नयाँ दल खोल्नेबारे परामर्श गरेका थिए । आफ्नै पार्टी रिपब्लिकनबाट समेत साथ र सहयोग नपाएका उनलाई कट्टरपन्थी अमेरिकीहरुको ठूलो साथ रहेको देखिन्छ । 

निर्वाचनमा डेमोक्राटिक उम्मेदवार जोन बाइडन बिजयी भएका छन् । उनले आज राष्ट्रपति पदको शपथ खाँदैछन् । आजको कार्यक्रममा आफू सहभागी नहुने ट्रम्पले जानकारी दिएका छन् । 

अमेरिकी संसदमा आफ्ना कार्यकर्तालाई उतारेर हिँसात्मक प्रदर्शन गरेपछि सामाजिक सञ्जाल प्रयोगमा समेत प्रतिबन्धित बनेका ट्रम्पले ह्वाइट हाउसबाट आफ्नो कार्यकालको अन्तिम सम्बोधन गरेका छन् । उनले बिदाइ सम्बोधनमा आफ्नो प्रशासनको बचाउ गर्दै भनेका छन्, ‘अमेरिका कातर आत्माहरूको कातर राष्ट्र होइन जसलाई उनीहरूले विमति राख्नेबाट जोगाउन वा सुरक्षित पार्नुपर्छ । हामी सदा सबै संसारका निम्ति आशा, प्रकाश तथा गौरवको भूमि हौँ र रहनुपर्छ।

Advertisement

Advertisement