भारतले नेपाललाई दियो कोभिड १९ विरुद्धको १० लाख डोज खोप

Advertisement

काठमाडौं । भारतले नेपाललाई कोभिड–१९ विरुद्धको १० लाख डोज खोप (भ्याक्सिन) उपलब्ध गराएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिइएको हो । 

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृयदेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बोलेका थिए । भारतले अनुदानमा दिन लागेको उक्त खोप बिहीबार नेपाल आईपुग्ने जनाइएको छ । उक्त खोप अग्रभागमा खटिनेहरुलाई प्राथमिकता दिईने पनि उनीहरुले बताएका छन् । 

Advertisement

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्वीट गर्दै मित्र राष्ट्रहरुलाई सहयोग स्वरुप भ्याक्सिन प्रदान गर्न लागिएको जानकारी दिएका थिए । भारतको विदेश मन्त्रालयले पनि मंगलबार विज्ञप्तिमार्फत् भ्याक्सिन अनुदानस्वरुप दिन लागेको देशको सुची सार्वजनिक गरेको थियो । जसमा पहिलो नम्बरमा भुटान, दोस्रोमा मालदिभ्स, तेस्रोमा बँगलादेश र चौंथोमा नेपालको नाम रहेको थियो । 

Advertisement

Advertisement