दुई ठूला अर्थतन्त्र नेपालको संवृद्धिको आधार हो, तर फाइदा लिन सकिएनः गोल्छा

Advertisement

काठमाडौं ।  उधोग बाणिज्य महामसंघको स्टार्ट अप एण्ड इनोभेशन समिति विस्तार भएको छ । जस अनुसार समितिको सहसभापतिमा सिद्धान्तराज पाण्डे र सुमन शाक्य चयन भएका छन् । यस्तै, सदस्यमा प्रकाशदेव पालिखे, निरज खनाल, दिपेन्द्र चौलागाई, मौसमी श्रेष्ठ, सुमना श्रेष्ठ र स्वर्णा ताम्राकार चयन भएको महासंघले जानकारी दिएको छ ।

साथै समितिको आमन्त्रित सदस्यमा तेञ्जिङ्ग सोनर गोम्सर र कविराज जोशी, सल्लाहकारमा महासंघका पूर्वकार्यकारिणी समिति सदस्यद्वय ओम राजभण्डारी र शौरभ ज्योति र अनिल चित्रकार रहेका छन्  । महासंघको सचिवालयमा आयोजित एक कार्यक्रमका बीच महासंघका अध्यक्ष शेखर गोल्छाले समितिमा चुनिएका सदस्यलाई औपचारिक पत्र हस्तान्तरण गरे । 

Advertisement

गोल्छाले यूवा जनशक्ति र दुई विशाल अर्थतन्त्र बीचको नेपालको अवस्थिति नै समृद्धिको आधार रहेको बताए । उनले नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा साना तथा मझौला उद्यम व्यवसाय नै भएकाले यो क्षेत्रलाई कसरी माथि उठाउन सकिन्छ ? र कामका लागि बाहिरने यूवा शक्तिलाई पर्याप्त रोजगारी सिर्जना गरी मुलुकभित्रै कसरी राख्न सकिन्छ ? भन्नेतर्फ महासंघको विशेष जोड रहेको स्पष्ट पारे ।

यूवा जनशक्तिको बाहुल्यता रहेको, जैविक विविधताले भरिपूर्ण र दुई विशाल अर्थतन्त्र भएका छिमेकी देशको बीचमा नेपालको अवस्थिति नै समृद्धिको बलियो आधार भएकाले नेपालसँग भएको अथाह सम्भाव्यताबाट वास्तविकरूपमै फाइदा उठाउनुपर्ने गोल्छाले बताए । यसका लागि स्टार्ट अपमा आफूलाई स्थापित गरेका सफल उद्यमीहरूको सहयोग र सहकार्य महासंघले खोजेको उनले बताए । 

महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले कोभिडका कारण अर्थतन्त्रमा धेरै चुनौतीहरू थपिएकाले मुलुकभित्र रोजगारी सिर्जना, कामका लागि बाहिरनुपर्ने बाध्यताको अन्त्य, पढे लेखेको यूवा वर्गलाई स्वदेशमै आकर्षित गर्नेतर्फ हामी सबैको जोड हुनुपर्ने भन्दै महासंघले आफ्ना सबै समिति र फोरमको परिचालनमार्फत मुलुकभित्र उद्योग व्यवसायको विस्तार, रोजगारी सिर्जनामा काम गर्नुपर्ने बताए । 

Advertisement

Advertisement