रासायनिक मल कारखानाका लागि प्रविधि र लगानीको विधिसहितको प्रस्ताव तयार गरिने

Advertisement

काठमाडौं । नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि गृहकार्य सुरु गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री विष्णु पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट , कृषि तथा पशुपंछि विकास मन्त्री पद्मा अर्याल र सचिवहरुसहित अर्थ मन्त्रालयमा बसेको बैठकमा नेपालमा रासायनिक मल कारखाना स्थापनाको तयारीसम्बन्धी बुधबार छलफल भयो । 

Advertisement

छलफलमा रासायनिक मल कारखाना स्थापनाको प्रविधि र सम्भावित लागतबारे छलफल भएको अर्थले जनाएको छ । त्यसका लागि विश्वमा प्रचलनमा रहेका प्रविधि तथा तरिका प्राकृतिक ग्यास, वाटर इलेक्ट्रोलिसिस र हाइब्रिड मध्येबाट नेपालका लागि उपयुक्त हुने प्रविधि तय गर्नेबारे कुरा भएको थियो । 

अर्थमन्त्री पौडेलले नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धी प्रविधि, लगानीको विधि र लागत समेतको प्रस्ताव तयार गर्ने बताए । 

गत कार्तिक २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा रासायनिक मल कारखाना स्थापनाको प्रारम्भिक अध्ययन गर्नका लागि अर्थमन्त्रीको संयोजकत्वमा समिति गठन गरेको थियो । 
 

Advertisement

Advertisement