संसद पुनःस्थापना हुँदैन र गर्नैपर्छ भन्ने दुईथरी दबाबबाट अदालत प्रभावित नहुने

Advertisement

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले सडकका कुराले अदालत प्रभावित नहुने स्पष्ट पारेका छन् । अदालतको निर्णयलाई प्रभावित पार्न सत्तापक्ष र विपक्षीहरु लागिरहेको बेला राणाले उक्त कुरा बताएका हुन् । 

संसद विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको बहस सुनुवाइको क्रममा उनले संसद पुनर्स्थापना हुनै सक्दैन भन्ने प्रधानमन्‍त्री केपी ओलीको भनाई र जसरी पनि संसद पुनःस्थापना हुनुपर्छ भन्ने असन्तुष्ट दल तथा समूहका भनाईहरुबाट अदालत प्रभावित नहुने बताएका हुन् । 

Advertisement

यस्ता अभिव्यक्ति र गतिविधिमा रोक लगाउन संवैधानिक इजलासको ध्यानकर्षण गरिएपछि प्रधानन्यायाधीश राणाले बोलेका हुन् । उनले संसद विघटनका विषयमा दलहरुले गरिरहेका गतिविधिबाट अदालत प्रभावित नहुने स्पस्ट पार्दै बाहिरको कुराले न्यायालय प्रभावित नहुने बताएका हुन्।

Advertisement

Advertisement