यूनाइटेड इन्स्योरेन्सको एजीएमबाट पारित भए यी प्रस्ताव

Advertisement

काठमाडौँ । यूनाइटेड इन्स्योरेन्स कम्पनीको २६ औं वार्षिक साधारण सभा(एजीएम) आज वेबीनार मार्फत होटल हिमालय कुपण्डोल, ललितपुरमा सम्पन्न भएको छ । 

सभाबाट संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७६ साल असार मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचिहरु पारित गरियो । साथै आर्थिक वर्ष २०७६/७७ का लागी बाह्य लेखा परीक्षक मदन निरौला एण्ड कम्पनीलाई नियुक्त गर्ने निर्णय गरियो ।

Advertisement

विशेष प्रस्ताव अन्तर्गत बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्व–साधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय पारित गरियो ।

कम्पनीको आव २०७७/७८ को वित्तीय विवरणमा कुल बीमाशुल्क आम्दानी रु. ४८,८०,३३,४४५/६२  रहेको छ ।  खुद बीमाशुल्क आम्दानी रु. २३,०७,५२,४२६/२० रहेकोमा खुद नाफा रु २,२२,१२,१०२/५३ रहेको छ । 

कम्पनीको लगानी गत आवको तुलनामा ३/९३ प्रतिशतले बृद्धि भई असार मसान्तमा रु. ६९,८४,४२,१३१/७४ पुगेको छ । आव २०७५/७६ मा कम्पनीको कुल कारोवार गत आव २०७४/७५ को तुलनामा २/२५ प्रतिशतले वृद्धि भई रु. ४८,८०,३३,४४५/६२ बीमाशुल्क आर्जन गरेको कम्पनी सचिव अनिल गुरागाईँले जानकारी दिए । 

Advertisement

Advertisement