आन्तरिक राजश्व कार्यालयले उठायो ७ अर्ब ५१ करोड राजश्व

Advertisement

चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षको छ महिनामा रु सात अर्ब ५० करोड ९९ लाख राजश्व असुली गरेको छ । राजश्व विभागले पुस महिनासम्मका लागि दिएको लक्ष्यको ८७ दशमलव ८३ प्रतिशत राजस्व असुली गरेको हो । 

कार्यालयका सूचना अधिकारी कपिलराज नेपालका अनुसार पुस मसान्तसम्मको लक्ष्य रु आठ अर्ब ५५ करोड तीन लाख ११ हजार रहेको थियो । विभागले कार्यालयलाई यस वर्ष रु १८ अर्ब ९१ करोड ५८ लाख ८१ हजार लक्ष्य दिएको थियो । पुस महिनासम्ममा सो लक्ष्यको ३९ दशमलव ७० प्रतिशत राजश्व सङ्कलन भएको हो ।  

Advertisement

नेपालका अनुसार चालु आवको पुससम्ममा आयकरतर्फ रु एक अर्ब सात करोड ३४ लाख दुई हजार, बहालकरतर्फ रु २२ लाख ६० हजार, ब्याजकरतर्फ रु छ करोड ८७ लाख १२ हजार राजस्व सङ्कलन भएको छ । यस्तै मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब ७१ लाख ७४ हजार, अन्तःशुल्क रु पाँच अर्ब तीन करोड ३९ लाख १२ हजार, शिक्षा सेवा शुल्कमा रु एक लाख १५ हजार र स्वास्थ्य सेवा करमा रु ३९ लाख ५४ हजार राजस्व सङ्कलन भएको छ ।

गत आवको पुस मसान्तसम्ममा रु १५ अर्ब चार करोड ४४ लाख ७७ हजार राजस्व सङ्कलन भएको थियो । चालु आवसँगै नवलपुर क्षेत्रको राजस्व कावासोती कार्यालयमा सङ्कलन हुन थालेपछि यहाँको राजस्व सङ्कलनमा कमी आएको हो । नवलपुर क्षेत्रमा मदिराजन्य ठूला उद्योग छन् ।

Advertisement

Advertisement