चन्द्रागिरि हिल्सको आईपीओ शुक्रबार बाँडफाँट हुने, १३९६०२ जना भाग्यमानीले १०-१० कित्ता पाउने

Advertisement

काठमाडौँ । चन्द्रागिरी हिल्सको साधारण शेयर (आईपीओ) शुक्रबार बाँडफाँट शुक्रबार हुने भएको छ । आज प्रि–अलोटमेण्ट सम्पन्न भएको र शुक्रबार बाँडफाँट हुने धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको  छ। 

बिक्री प्रबन्धकका अनुसार आईपीओका लागि आवेदन दिएका १२ लाख ५१ हजार १० मध्ये आवेदन १२ लाख ११ हजार ११५ कायम भएको छ । कम्पनीको आईपीओ १ लाख ३९ हजार ६ सय २ जनाले १० कित्ताका दरले पाउने छन् ।

Advertisement

पुस २४ गते देखि २८ गतेसम्म १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ । 

Advertisement

Advertisement