प्रदेशको सत्तामा काँग्रेसको मोह, ओली समूहलाई समाउने कि प्रचण्ड समूहलाई ? भन्नेमा विवाद

Advertisement

काठमाडौं । नेपाली काँग्रेस प्रदेशको सत्ताका लागि सहकार्य गर्न लचक भएको छ । तर, सहकार्यका लागि नेकपाको केपी ओली समूहसँग सहकार्य गर्ने कि पुष्पकमल दाहाल प्रचण्ड तथा माधव नेपाल नेतृत्वको समूहसँग सहकार्य गर्ने ? भन्ने विषयमा भने काँग्रेसभित्र तीब्र विवाद देखिएको छ । 

देउवा ओलीसँग सहकार्य गर्नुपर्ने अडानमा देखिएका छन् भने रामचन्द्र पौडेल समूह प्रचण्ड समूहसँग सहकार्य गर्नुपर्ने अडानमा रहेको छ । सोही विषयमा छलफल गर्न पौडेलसहितका नेता देउवा निवास बुढानिलकण्ठमा भेला भएका छन् । 

Advertisement

प्रदेश १ र वाग्मती प्रदेशका सरकार अल्पमतमा परेसँगै त्यहाँ नयाँ सरकार बनाउन सत्तासमिकरणको पहल भइरहेको छ । अधिकांश जनताहरु प्रदेश आवश्यक नरहेको भन्दै खर्चिला यस्ता संरचनाहरु खारेज गर्नुपर्ने पक्षमा देखिएको बेला ठूला दल भने खारेज गर्न नहुने पक्षमा अडिग देखिन्छन् । 

भेला भएका काँग्रेस नेताहरुले दुई प्रदेशमध्ये एकको नेतृत्व आफूले गर्न पाउनुपर्ने पक्षमा छन् । तर मुख्य विवाद कोसँग सहकार्य गर्ने ? भन्ने हुँदा सत्तारोहण अन्योलमै रहेको छ । कतिपय काँग्रेस नेताहरु भने अदालतको निर्णय नआउँदासम्म सरकारमा जाने कुरामा निर्णय गरिहाल्न नहुने पक्षमा देखिएका छन् ।

Advertisement

Advertisement