मन्दी कै बीच कसरी ग्रोथ गरिरहेको छ चिनियाँ अर्थतन्त्र ? के हो मन्त्र ?

Advertisement

काठमाडौं । आफ्ना गतिबिधी, फैसला र काम गर्ने तौर तरिकाका कारण चीन संसारलाई चकित पार्दै आईरहेको छ । सैन्य शक्तिमा आसाधारण बढोत्तरी गर्दै आफुलाई एक शक्तिशाली देश बन्नु र संसारकै उत्पादन(म्यानुफ्याक्चरिङ) हब बन्ने सम्मको चिनियाँ यात्रा रकेटको भन्दा कम छैन् । १९७९ मा अर्थतन्त्रमा विदेशी लगानी खुला गर्ने र नीतिगत सुधारपछि प्राप्त सैन्य र आर्थिक प्रगतिलाई संसारले दंग पर्दै हेरिरहेको छ ।

सन २०१९ को अन्तिम तिर वुहानबाट कोरोना भाइरसको महामारी बाहिरिएपछि पनि चीनले दुनियाँलाई पुनः एक पटक छक्क पारिदिएको छ । जब संसारले कोरोना भाइरस के हो भन्ने थाहा पायो त्यतिञ्जेल सबै देशमा यसले भयावह अवस्था बनाईसकेको थियो र कोरोनाले विश्वलाई एक वर्षसम्म दुःख दिईरह्यो । कोरोना महामारी आज पर्यन्त जारीछ । यसले विश्वका अधिकांशा ठूला अर्थतन्त्रहरुलाई अलगथलग बनाईदिएको छ । दुनियाँ आज पनि कोरोना महामारीको चपेटाबाट आफ्नो अर्थतन्त्रलाई सुधार गर्ने प्रयासमा लागिरहेको छ । 

Advertisement

जबकी, यो सवालमा चीनले पुरै दुनियाँलाई चकित बनाईदियो । जब पुरै दुनियाँको अर्थतन्त्र नेगेटिभ ग्रोथ(संकुचन)मा थियो, वा कतिपय सामान्य सुधारका लागि संघर्ष गरिरहेका थिए । त्यतिबेला चीनको तिब्रत्तर वृद्धिले दुनियाँलाई चकित तुल्यायो । चीनको अर्थतन्त्र जुन गतिमा बढिरहेको छ, कोरोनासँग जुधिरहेका अन्य देशका लागि त्यो हैरानीको सवाल बनिरहेको छ । क्रिसिलका प्रमुख अर्थशास्त्री डि के जोशीका अनुसार कोरोना महामारीमाथि चाँडै नियन्त्रण प्राप्त गर्नु चिनियाँ अर्थतन्त्रको वृद्धिका लागि जादुको छडी सावित भएको हो । 

जोशीका अनुसार चीनबाटै कोरोना महामारी सुरु भयो र उसले सबै भन्दा पहिले त्यसमाथि काबु जमाउन सफल भयो । चीनको अर्थतन्त्र सुरुवाति तीन महिना मात्रै संकुचन भएको थियो, त्यसपछि निरन्तर ग्रोथमै अघि बढिरहेको छ । 

आईएमएफको अनुमान २०२१ म ७.९ प्रतिशतले बढ्नेछ चिनियाँ अर्थतन्त्र
अन्तराष्ट्रिय मुद्रा कोष(आईएमइफ)ले सन २०२१ म चिनियाँ अर्थतन्त्र ७.९ प्रतिशतले बढ्ने बताएको छ । यसअघि चीनको अर्थतन्त्र ८.२ प्रतिशतले बढ्ने अनुमान गरिएको थियो । ग्रोथको पूर्वानुमान घटाउँदा पनि चीनले प्राप्त गर्ने वृद्धिदर संसारका अन्य देशहरुका लागि असम्भव प्रायः हो छ ।

के छ चीनको तथ्यांक ?
पछिल्लो वर्ष चीनको अर्थतन्त्र २.३ प्रतिशतले मात्रै बढिरहेको छ । यद्यपी कोरोना महामारीका कारण २०२० मा पनि चीनले अर्थतन्त्र बढाउन भने सफलता नै पायो । अन्तराष्ट्रिय आर्थिक विकास, व्यापार, लगानी र प्रविधिमा विषेज्ञता राख्ने दिल्लीस्थित आरआईएसका प्राध्यापक डा. प्रबिर डेका अनुसार कोरोना महामारीका बीच पनि सकारात्मक वृद्धिदर कायम गर्ने संसारको एक मात्रै ठूलो अर्थतन्त्र भएको देश चीन नै हो । 

जब की चीनको अर्थतन्त्र पछिल्लो चार दशकमा सन २०२० मा सबै भन्दा सुस्त रह्यो । उनका अनुसार चीनको जीडीपी वर्तमान मूल्यमा १० लाख करोड डलरको छ र त्यसमा एक प्रतिशत मात्रै वृद्धि हुँदा पनि ठूलो प्रभाव रहन्छ । सन २०२० को अन्तिम त्रैमासिक अर्थात अक्टोबर देखि डिसेसम्बर अवधीमा चीनको अर्थतन्त्र ६.५ प्रतिशतले बढेको थियो । सन २०२० को पहिलो त्रैमासिकमा चीनियाँ अर्थतन्त्र ६.८ प्रतिशत संकुचन(नेगेटिभ ग्रोथ)मा थियो । दोश्रो त्रैमासिकमा ३.२ प्रतिशत वृद्धि भयो भने तेश्रो त्रैमासिकमा ऐतिहासिक बढोत्तरीको बाटोमा अघि बढ्यो । 

बरिष्ठ अर्थशास्त्री प्रा. अरुण कुमारका अनुसार चीनको अर्थतन्त्र दोश्रो पटक खडा हुन सक्नुको पछाडी दुई तीन कारण छन् । पहिलो कारण चीनले महामारीमा माथि तुरुन्तै काबु पायो । जसले गर्दा आर्थिक गतिबिधी चाँडै सुरुभयो । अर्काे कारण भनेको चीनले कोरोना महामारीलाई वुहान भन्दा अन्य क्षेत्रमा फैलन दिएन ।

चीनको निर्यात सन २०२० मापनि तिब्र गतिले बढ्यो । अन्तराष्ट्रिय व्यापार नाफामा उच्च रेकर्ड कायम भयो । पुरै दुनियाँलाई स्वास्थ्य उपकरण बेचेर वर्क फ्रम होमका लागि आवश्यक उपकरण निर्यात गर्न चीन सफल देखियो । विश्वका सबै जसो देशहहरुले चीनसँग स्वास्थ्य सामग्री खरिद गरे । डिसेम्बरमा चीनको निर्यात १८.१ प्रतिशतले बढेको थियो । जबकीका नोभेम्बरमा २१.१ प्रतिशतको वृद्धि थियो । अमेरिका निर्यात पनि अघिल्लो वर्षको तुलनामा ३४.५ प्रतिशतले बढेको थियो । अमेरिकाबाट आायत भने ४७.७ प्रतिशतले बढेको थियो जुन सन २०१३ पछिको सबै भन्दा उच्च हो । एक वर्षमा चीनले अमेरिकासँगको व्यापारमा ३१७ अर्ब डलर सरप्लस(नाफा) कामय गरायो । जुन सन २०१९को भन्दा ७ प्रतिशतले बढी हो । 

सन २०२० को सुरुवातमै चीनको केन्द्रिय बैंकले रोजगारीलाई सहयोग गर्ने कार्यक्रम अघि सारेको थियो । पिपुल्स बैंक अफ चाइनाले फेब्रुअरीमा रिभर्स रिपो मार्फत १.७ लाख करोड युआन(२४२.७४ अर्ब डलर) पुँजी पठायो । वर्षको अन्त्य अर्थात डिसेम्बरमा बैंकले ९५० अर्ब युआन(करिब १४५ अर्ब डलर) पुँजी मिडियम टर्म ऋण सुबिधाका लागि पठाएको थियो । 

डिसेम्बर लगातार पाँचौं महिना थियो जब चीनले यहि टुल्सको उपयोग गरेर अर्थतन्त्र सुधारको प्रयास गरेको थियो । साथै केन्द्रिय बैंकले कर्जाको ब्याजदर पनि २.९५ प्रतिशतमा स्थिर बनाएको थियो । पछिल्लो वर्ष २.४४ लाख करोड युआउन नगद बाढिएको छ, त्यस्तो ऋण खासगरि साना कम्पनीलाई दिईएको छ । चीनले अन्तराष्ट्रिय यात्रामा प्रतिबन्ध कडा पारेको छ तर घरेलु यात्राले अर्थतन्त्रमा प्राण भर्न सहयोग पुर्याएको छ । अक्टोबरमा चीनमा मनाईने गोल्डेन विक(सुनौलो हप्ता)मा लाखौं चिनियाँले घुमफिर गरे । ८ दिनको यो अवधीमा ६३.७ करोड यात्रा भए जसबाट ६९.६ अब डलरको राजश्व उठ्यो । चीनको अर्थतन्त्र लगानी र उत्पादनमा आधारित छ तर अब त्यसलाई सेवामा आधारित बनाउने प्रयास जारी छ । चीनको घरेलु बचत पनि पछिल्लो १० वर्षमा सबै भन्दा उच्च देखिएको छ । 

चीनलाई अलगथलग गर्ने कोरोना फिक्का भयो 
कोरोनाको प्रारम्भिक दिनमा कोरोनाका लागि चीन प्रति संसार आक्रोशित थियो । तर अहिले अधिकांश देश चीनसँग औषधी, मेडिकल उपकरण लगायतका स्वास्थ्य सामग्री खरिदका लागि प्रयासरत छन् । 

आरसीईपीको अगुवाई 
चीनले एसिया प्रशान्त महासागर क्षेत्रका १५ देशसँग २०२० को नोभेम्बरमा संसारको सबै भनदा ठूलो व्यापार सन्धिमा हस्ताक्षर गरेको छ । यी देशहरु बीचको व्यापार विश्व व्यापारकै एक तिहाई हिस्सा बराबर छ । यसमा दश दक्षिण पूर्वी एसियाली देश छन् । दक्षिण कोरिया, चीन जापान, अष्ट्रेलिया र न्युजिल्याण्ड पनि सहभागी छन् । आरसीईपीमा सहभागी १४ वटै देशसँग चीनको व्यापार नाफामा छ । चीन यसलाई अझै बढाउन चाहान्छ । 

ईयुसँग कारोबार सम्झौता 
चीनले युरोपियन युनियनसँग पनि एक ठूलो लगानी सम्झौता गरेको छ । अमेरिकी नव निर्वाचित राष्ट्रपति जो बाइडनले हतारमा सम्झौता नगर्न दिएको सुझावका विपरिद ईयुले चीनसँगको सम्झौताबारे सैद्धान्तिक सहमति गरिसकेको छ । यो सहमतिका अनुसार युरोपियन कम्पनीहरुलाई चिनियाँ बजारमा सहज प्रवेशको अवसर मिल्नेछ । युरोपियन कम्पनीहरुले इलेक्ट्रोनिक कार, निजी अस्पताल, रियल स्टेट, टेलिकम क्लाउड सर्भिस लगायतका क्षेत्रमा लगानी गर्न पाउनेछन् । यो सम्झौता मार्फत चीनले आफ्नो मुलुकमा युरोपियन लगानी भित्र्याउन सफल हुनेछ । 

२-३ दशकदेखि चीनको ग्रोथ 
चीनले करिब ४० वर्ष पहिले आर्थिक सुधारको नीति अघि सारेको थियो । त्यतिबेलासम्म चीन गरिब देशमा गनिन्थ्यो । सन १९७९ मा चीनले आफ्नो बजारलाई खुला गर्यो । त्यसपछि हेर्दा हेर्दै चीन दुनियाँकै तिब्रत्तर विकास गर्ने देशमा दरिन पुग्यो । सन २०१८ सम्म चीनको जीडीपी ग्रोथ ९.५ प्रतिशत थियो । विश्व बैंकले त्यसलाई इतिहासकै सबै भन्दा तिब्र गतिमा बढिरहेको अर्थतन्त्र भनेको थियो । जबकी चीनको अर्थतन्त्रको ग्रोथ कमजोर भएको थियो किन की सन २००७ मा १४.२ प्रतिशत थियो । जुन २०१८ मा घटेर ६.६ प्रतिशतमा झरेको थियो । पछिल्लो तीन दशकमा चीनको औषत वृद्धिदर करिब ९ प्रतिशत रह्यो । -बीबीसी हिन्दीबाट

Advertisement

Advertisement