अन्तर्राष्ट्रिय व्यापारमा सामान्य सुधार, भारतसँग रु. तीन खर्ब ९५ अर्ब व्यापार घाटा

Advertisement

काठमाडौं । आर्थिक वर्षको पहिलो छ महिनामा आयात सामान्य घटेको छ ।  यस अवधिमा छ खर्ब ६१ अर्ब २४ करोड रुपियाँ बराबरको वस्तु आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । 

यो गत वर्षको तुलनामा चार दशमलव ८१ प्रतिशतले कम हो । गत वर्ष  यसै अवधिमा छ खर्ब ९४ अर्ब ६९ करोड रुपियाँ बराबरको वस्तु आयात भएको थियो ।

Advertisement

छ महिनाको अवधिमा नेपालबाट बाहिरिने वस्तु निर्यातमा पनि सामान्य सुधार भएको छ । यस अवधिमा ६० अर्ब ७९ करोड ९९ लाख रुपियाँ बराबरको वस्तु निर्यात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा छ दशमलव १४ प्रतिशतले बढी हो । अघिल्लो बर्ष सोही अवधिमा ५७ अर्ब २७ करोड ७९ लाख रुपियाँ बराबरको वस्तु निर्यात भएको थियो ।

भारतसँग तीन खर्ब ९५ अर्ब व्यापार घाटा
नेपालले सबैभन्दा धेरै वस्तु आयात भारतबाट गर्नेगर्छ । यसकारण व्यापार घाटासमेत सोही देशसँग बढी भएको पाइन्छ । समीक्षा अवधिमा नेपालले भारतबाट चार खर्ब ३८ अर्ब ८२ लाख रुपियाँ बराबरको वस्तु आयात गरेको छ । यसअवधिमा ४३ अर्ब ५२ करोड बराबरको वस्तु भारत निर्यात भएको छ ।

जसअनुसार छ महिनामा भारतसँग तीन खर्ब ९५ अर्ब ३० करोड रुपियाँ देखिएको हो । यस अवधिमा चीनतर्फ मात्र ५० करोडको सामान निर्यात भएको छ भने ९६ अर्ब ३२ करोड रुपियाँ बराबरको वस्तु आयात भएको छ । चीनसँग ९५ अर्ब ८१ रुपियाँ बराबरको व्यापार घाटा देखिएको छ ।
 

Advertisement

Advertisement