कृषिमा विदेशीलाई लगानी गर्न दिने निर्णय फिर्ता नलिए आन्दोलन जान्छौंः  १८ किसान संगठन

Advertisement

काठमाडौँ । किसानसम्वद्ध १८ वटा संगठनले कृषिमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) खुल्ला गर्ने सरकारी निर्णय फिर्ता नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् । राजनीति दलनिकटसहित १८ संगठनले संयुक्त विज्ञप्ति जारी गरी कृषिमा एफडीआई खुल्ला गर्ने निर्णय सच्याउन चेतावनी दिएका छन् । 

विज्ञप्तिमा प्राथमिक क्षेत्रमा वैदेशिक लगानी आउँदा नेपालमा मौलिकपन हराउने र यहाँको प्राकृतिक स्रोत अन्तर्राष्ट्रिय कम्पनीको हातमा पुग्ने जनाइएको छ । नेकपा निकट अखिल नेपाल किसान महासंघ, नेपाली कांग्रेस निकट नेपाल किसान संघ र किसानको गैरराजनीतिक छाता संगठन राष्ट्रिय कृषक समूह महासंघसहित १८ संघसंगठनले कृषिमा एफडीआई स्वीकार्य नहुने भन्दै निर्णय फिर्ता लिन सरकारलाई चेतावनी दिएका हुन् । 

Advertisement

उनीहरुका अनुसार कृषि प्रशोधनमा एफडीआई ल्याउन उचित भए पनि उत्पादनमा ल्याउन उचित हुन्न, प्राथमिक क्षेत्रमा ल्याउँदा नेपालमा मौलिकपन हुँदैन । यस निर्णय कार्यान्वयन हुँदा अन्तर्राष्ट्रिय कम्पनीको हातमा प्राकृतिक स्रोत पुग्छ । प्राथमिक उत्पादनमा ठुल्ठूला विदेशी कम्पनी प्रवेश गर्दा निर्वाहमुखी, साना तथा मझौला मात्र नभई धनी तथा व्यावसायिक किसानसमेत प्रतिस्पर्धामा उत्रिन सक्दैनन् । जसले गर्दा नेपाली किसान तथा समग्र कृषि क्षेत्र नै ध्वस्त हुने र देशको खाद्य प्रणाली नै विदेशीको हातमा पुग्ने अवस्था आउँछ । 

Advertisement

Advertisement