कृषि बिकास बैंकले माग्यो ३२६ सय जना कर्मचारी,  आवेदन शुल्क खल्तीबाटै तिर्न सकिने

Advertisement

काठमाडौं । कृषि बिकास बैंकले विभिन्न पदका लागि माग गरेको आवेदनको शुल्क मोबाइलमा खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएको छ । कृषि बिकास बैंकले प्रकाशन गरेको विज्ञापनमा बैंकको वेवसाइटबाट अनलाईन आवेदन गर्न सकिन्छ । 

अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनौट गर्नुपर्छ । खल्ती छनौट गरेपछि आफ्नो युजरनेम र पासवर्ड हालेर लगइन गरेपछि तोकिएको शुल्क भुक्तानी गर्न सकिन्छ । 

Advertisement

कृषि बिकास बैंकले विभिन्न पदमा ३२६ जना कर्मचारीका लागि आवेदन आह्वान गरेको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले माग २९ गतेभित्र आवेदन दिनुपर्ने बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख छ । 

Advertisement

Advertisement