नेपाललाई कोरोना भ्याक्सिन परीक्षण गर्ने थलो नबनाइयोसः डा. सुरेन्द्र केसी

Advertisement

काठमाडौं । बुद्धिजीवी डा. सुरेन्द्र केसीले कोरोना भाइरस (कोभिड १९)विरुद्धको खोप (भ्याक्सिन) परीक्षण गर्ने थलो नेपाललाई नबनाइयोस् भन्दै सचेत गराएका छन् । 

एक यूट्युब च्यानलसँग कुरा गर्दै उनले बिगतमा नेपाललाई नयाँ खोपहरु परीक्षण गर्ने थलो बनाइएको स्मरण गर्दै अहिले त्यो गर्न खोजिएको हो भने नगर्न सुझाव दिएका छन् । भारतले नेपाललाई अनुदानमा १० लाख डोज उक्त खोप उपलब्ध गराएको छ । उक्त खोप पहिलो चरणमा स्वास्थ्यर्कीहरुलाई लगाउने तयारी भइरहेको छ । 

Advertisement

विशेषगरी गरिब मुलुकका जनतामा नयाँ खोप परीक्षण गर्ने गरिएको तथ्य स्वीकार गर्दै केसीले भने, ‘यस्तो कुरामा ध्यान दिनुपर्ने बेला हामी यस्तो रातदिनको कोलोहलमा छौं ।’

अहिलेको सत्ताको राजनीतिको झगडाबाट भन्दा पनि यसपछि आउने राजनीतिक र सामाजिक रिक्तता र तिक्तता ठूलो चिन्ताको विषय छ भन्दै उनले यस्तै परिदृश्य सिक्किम बिलयअघि पनि सिर्जना भएको थियो भने । 

भिडियोः

Advertisement

Advertisement