एमबीबीएस अध्ययनको शुल्क १५ प्रतिशत बढाउन सिफारिस, आयोगमा विवाद

Advertisement

काठमाडौं । एमबिबिएसलगायत चिकित्सा शिक्षाको स्नातक तहको शुल्क १५ प्रतिशत बढाउन सिफारिस गरिएको छ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको शुल्क निर्धारण गर्न गठन गरेको कार्यदलले शुल्क बढाउन सिफारिस गरेको हो । 

अबको नयाँ शैक्षिक सत्रबाट कार्यान्वयन हुने गरी नयाँ शुल्क निर्धारण गर्न आयोगले कार्यदल बनाएको थियो । आयोगका निर्देशक प्राडा रमेश आचार्यको संयोजकत्वमा गठन गरिएको कार्यदलले १५ प्रतिशत शुल्क बढाउन सकिने प्रतिवेदन बुझाएको छ । कार्यदलले प्रस्ताव गरे पनि अहिलेको परिस्थितिमा शुल्क बढाउने वा नबढाउने भन्ने विषयमा आयोगकै सदस्यहरू एकमत नहुँदा टुंगो लागेको छैन । 

Advertisement

शुक्रबार बसेको आयोगको बैठकमा आयोगका सहअध्यक्षहरू शिक्षा तथा स्वास्थ्यमन्त्री, शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवहरूले पनि शुल्क बढाउने विषयमा विस्तृत अध्ययन गर्नुपर्ने धारणा राखेका छन् । निजी मेडिकल कलेजका सञ्चालकले शुल्क वृद्धि हुनुपर्ने दबाब दिए पनि आयोगका अधिकांश सदस्यले समर्थन गरेका छैनन् । 

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement