दाना–खुर्कोट प्रसारण लाइन २२० केभीमा रुपान्तरण गरेर सफल परीक्षण

Advertisement

काठमाडौँ। कोरोना भाइरस (कोभिड–१९)ले विकास आयोजनाहरूलाई केही समय प्रभावित बनाए पनि कालीगण्डकी करिडोर दाना–खुर्कोट प्रसारण लाइन परीक्षण सम्पन्न भएको छ । शुक्रबारदेखि परीक्षण थालिएकामा खुर्कोट सबस्टेसन र प्रसारण लाइनको परीक्षण सफल भइसकेको छ । दाना सबस्टेसनको परीक्षण भने जारी रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय प्रमुख मनोज सिलवालका अनुसार तल्लो मोदीबाट १३२ केभी क्षमतामा विद्युत् सबस्टेसन चार्ज गरिएको थियो । सबस्टेसनमा रहेका ट्रान्सफर्मरहरूको क्रमिक चार्जपछि १३२ लाई २२० केभीमा रूपान्तरण गरेर प्रसारण लाइनको परीक्षण गरिएको थियो । दुवै परीक्षण सफल भएपछि अहिले म्याग्दीको दानामा रहेको सबस्टेसन चार्ज थालिएको हो ।

Advertisement

पुसको दोस्रो साता म्याग्दीको दाना सबस्टेसन, पर्वतको खुर्कोट सबस्टेसन र बीचमा ११० टावर तथा ३९.६ किलोमिटर तार टाँग्ने सबै काम सकिएको थियो । प्रसारण लाइन तथा सबस्टेसनको नियमित सञ्चालन यसै साता गर्ने तयारीमा प्राधिकरण व्यवस्थापन जुटेको छ । यसपछि घलेम्दी जलविद्युत्को पाँच मेगावाट विद्युत् तत्काल राष्ट्रिय प्रसारण प्रणालीमा आउने छ ।

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement