युरोपमा कोरोनाविरुद्धको खोप दिने कार्य एकाएक रोकियो

Advertisement

काठमाडौं । खोप (भ्याक्सिन) उत्पादक कम्पनीले मागअनुसार खोप उत्पादन गरी आपूर्ति गर्न नसकेपछि युरोपमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप दिने काम प्रभावित भएको छ । बेलायती कम्पनी एस्ट्राजेनिकाले विभिन्न कारण देखाउँदै खोप उत्पादन एक्कासी घटाएपछि त्यसको प्रभाव युरोपमा देखिएको हो । 

अक्सफर्ड विश्वविद्यालयसँगको सहकार्यमा एस्ट्राजेनिकाले  खोप विकास गरेको थियो । उक्त खोप फाइजर–बायोएनटेकले बाचाअनुसार आपूर्ति नगरेपछि युरोपमा धेरै स्थानमा खोप दिने कार्य पर सारिएको छ । 

Advertisement

कोरोना संक्रमितको संख्या बढिरहेको बेला खोप आपूर्तिमा समस्या देखिएपछि युरोपेली संघ पनि चिन्तामा परेको छ । संघले फाइजरसँग मात्रै ६० करोड डोज खोप मगाएकोमा उसले न्यून मात्रामा मात्रै आपूर्ति गरेको छ । उसले अमेरिकी कम्पनी मोडेर्नाको खोपसमेत आपूर्तिका लागि प्रक्रिया अघि बढाए पनि आपूर्ति गर्न सकेको छैन् । 

इटली र पोल्यान्डले उत्पादन घटाउने कदमविरुद्ध कानुनी उपचारमा जाने धम्कीसमेत  दिएका छन्। युरोपेली आयोगले यस विषयमा फाइजरसँग स्पष्टीकरण सोध्ने समेत बताएको छ । 

Advertisement

Advertisement