गोर्खाज फाइनान्सको नाफामा लोभलाग्दो वृद्धि, १० करोड ९० लाखले बढाउन सफल

Advertisement

काठमाडौं । गोर्खाज फाइनान्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १७ करोड तिन लाख ५५ हजार रुपियाँ खुद नाफा गर्न सफल भएको छ । यो गत वर्षको यसै अवधिको भन्दा १० करोड ९१ लाख २० हजार रुपियाँले धेरै हो भने प्रतिशतका हिसावले १७८ दशमलव १९ प्रतिशतले बढी हो । 

गत वर्ष कम्पनीले छ करोड १२ लाख ३५ हजार रुपियाँमात्र नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी भने २५ दशमलभ ८५ प्रतिशतले घटेर १३ करोड ७३ लाख ६९ हजार रुपियाँमा सीमित भएको छ । गत वर्षको यसै अवधिमा कम्पनीको आम्दानी १७ करोड २८ लाख ८२ हजार रुपियाँ थियो । 

Advertisement

कम्पनीको सञ्चालन नाफा १७७ दशमलब ४० प्रतिशतले बढेर १४ करोड ९२ लाख ३४ हजार रुपियाँ पुगेको छ । गत वर्षको यसै त्रैमासमा कम्पनीको सञ्चालन नाफा आठ करोड ७७ लाख ३० हजार रुपियाँ थियो । 

कम्पनीको हालको चुत्ता पुँजी ८६ कारेड ७९ लाख ९३ हनार रुपियाँ छ भने जगेडा कोषमा ७४ करोड तिन लाख ६० हजार रुपियाँ रहेको कम्पनीले जानकारी दिएको छ ।
 
कम्पनीले यस त्रैमासम्ममा  सात अर्ब ७२ करोड ४७ लाख ५९ हजार रुपियाँ निक्षेप संकलन गरेको छ भने, ५४ करोड ७७ लाख ८८ हजार रुपियाँ कर्जा लगानी गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी २९ रुपियाँ २५ पैसा र प्रतिशेयर नेटवर्थ १८५ रुपियाँ २१ पैसा रहेको छ । यस त्रैमाससम्म कम्पनीको खराब कर्जा ०।१६ प्रपतशतले बढेर ४ दशमलभ ४२ प्रतिशत कायम भएको कम्पनीले जानकारी दिएको छ । 

Advertisement

Advertisement