इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेसलाई प्राप्ति गरी आजदेखि शुरु गर्यो एकीकृत कारोबार

Advertisement

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)ले  सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई प्राप्ति गरी आजदेखि एकीकृत कारोबार शुरु गरेको छ । 

आजदेखि घण्टाघर, बिर्तामोड र गाईघाट शाखाहरुबाट एकीकृत कारोबार शुरु गरिएको बैंकले जनाएको छ । 

Advertisement

बैंकले ८६ शाखा, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५९ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा पुर्याउँदै आएको छ । 

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन- युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी-नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

Advertisement

Advertisement