मुख्यमन्त्री राई ४९ बर्षको उमेरमा सजिएर बेहुली लिन पुगे

Advertisement

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आइतबार विवाह गरेका छन् । २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग बिहान बन्धनमा बाँधिएका राई ४९ बर्षको उमेरमा बेहुला भएका हुन् । 

आफ्नो समुदायको पहिरनमा सजिएर बालुवाटारको एक पार्टी प्यालेसमा बेहुली लिन पुगेका शेरधन राईले आफूले प्रेमिका बनाएकी शेर्पासँग बिवाह गर्दैछन् । 

Advertisement

कोरोनाको जोखिम र सामाजिक आचारसम्वन्धी कानुनका कारण थोरै जन्ती लिएर बेहुली लिन पुगेका राईसँगै पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल पनि सँगै देखिएका छन् । उनी सत्तारुढ नेकपा (ओली समूह)का नेता हुन् । 

मिडियादेखि अनावश्यक मानिसहरुलाई प्रवेशमा कडाई गरी भइरहेको विवाह गरिरहेका उनले आफ्ना खास खास मानिसलाई आजै बेलुका भोज खुवाउने योजना बनाएका छन् । भोजमा प्रधानमन्त्री, राष्ट्रपति र अन्य नेताहरुलाई बोलाएका छन् । 

विवाहकै कारण प्रदेशमा उनीविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावलाई विपक्षीहरुले केही समयका लागि थाँती राखिदिएका छन् । यसअघि आफ्नै पार्टीकी एक कार्यकर्ता बालिका खड्काले राईमाथि यौन दुव्र्यबहारको आरोपसमेत लगाएकी थिइन् । 

Advertisement

Advertisement