जनगणनामा शिक्षक परिचालन नगरी ३९ हजार गणक, आठ हजार सुपरिवेक्षक नियुक्ति गरिने

Advertisement

काठमाडौं । जनगणनामा शिक्षकहरुलाई परिचालन गर्ने यस अघिको प्रचलनलाई हटाएर सरकारले ३९ हजार गणक र आठ हजार सुपरीवेक्षक करारमा नियुक्तिको तयारी गरेको छ । सरकारले यसरी नियुक्ति गरेकाहरु अपुग भए मात्रै सार्वजनिक विद्यालयका शिक्षक र कर्मचारीलाई लिने जनाएको छ । 

हरेक १० बर्षमा जनगणना गर्नुपर्ने नियमानुसार २०७८ का लागि ठूलो संख्यामा गणक र सुपरीवेक्षक करारमा नियुक्त गर्ने प्रक्रिया अघि बढाएको हो । जनगणनामा शिक्षकहरुलाई परिचालन नगरी करारमा नियुक्ति गर्ने कुराको विरोध भइरहेको बेला केन्द्रीय तथ्यांक विभागले आइतबार दरखास्त आब्हान गरेको हो । 

Advertisement

इच्छुकले विभागको वेबसाइटमा गएर ६० दिनभित्र अनलाइन दरखास्त फारम भर्न सक्नेछन् । स्नातक तह वा सोसरह उत्तीर्ण गरेको व्यक्तिले सुपरिवेक्षक र गणक दुवै पदका लागि दरखास्त दिन सक्ने सुचनामा जनाइएको छ । 

Advertisement

Advertisement