देशको हित नचाहनेहरु चुनावबाट ठेगान लाग्ने प्रधानमन्त्रीको दाबी

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले देशको हित नचिताउनेहरु आउँदो बैशाखको चुनावबाट ठेगान लाग्ने दाबी गरेका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देशको हित नचाहनेहरु भएको भन्दै उनीहरु चुनाबबाट ठेगान लाग्ने बताएका हुन् । 

आफूले देशमा स्थिरता कायम गर्न संसद भंग गरेको तर देश विरोधीहरुले त्यसको विरोध गरेको ओलीको तर्क छ । उनले भने, ‘संसद विघटन असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराइरहेका छन् । ती कराउनेहरु संविधान विरोधी, लोकतन्त्र विरोधी, देश विरोधी मान्छेहरु हुन् ।’

Advertisement

प्रधानमन्त्री ओलीले बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाउने र अस्थिरता ल्याउन खोजेकाले ताजा जनादेशमा जानुपरेको बताए । आफूलाई तानशाह भनिएकोमा पनि उनले आपत्ति जनाए । ओलीले ‘मैले आफ्नो हातमा लिएको भए पो तनाशाह हुन्छु, जनताको बीचमा जान्छु भन्दा म तानाशाह भएँ ?’ 

साँसद किनबेच र तिकडम गरेर आफूलाई शासक बन्ने रहर नरहेको भन्दै उनले निर्वाचनको तयारीमा जुट्न सबैलाई आग्रह गरे । ओलीले ‘स्थिरता हुन नदिने र बहुमतको सरकारको तोडेर जोडजामको सरकार बनाउन खोजियो’ भन्दै संसद जागिर खाने थलो नभएको बताए । उनले थपे, ‘संसदमा ५ वर्ष जागिर खान पाउनुपर्छ भन्ने ? सांसद भनेको जागिर हो ? पाँच वर्ष जागि खान पाउनुपर्छ भन्ने उनीहरूको तर्क छ ।’

Advertisement

Advertisement