एनसीसी बैंकको शेयर खरिदमा चाप बढे पछि नेप्सेले माग्यो स्पष्टिकरण

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले एनसीसी बैंकसंग खरिद चाप बढ्नुको स्पष्टिकरण सोधेको छ । 

बैंकको शेयरको खरिद चाप अस्वभाविक बढेको भन्दै नेप्सेले बैंकसंग केहि आन्तरिक कारण भए तिन दिन भित्र उपलब्ध गराउन आग्रह गरेको छ ।

Advertisement

अघिल्ला दिनहरुमा सामान्य रहेको एनसीसीको शेयर कारोबार आइतबार भने अस्वभागिक रुपमा बढेको थियो । 

एनसीसी बैंकको शेयर कारोबार आज ३३ रुपियाँले बढेर ३६४ पुगेको छ । आज बैंकको शेयर मूल्य नौ दशमलब ९७ प्रतिशतले बढेको हो ।   
 

 

 

Advertisement

Advertisement