‘बर्षौंदेखि धुलो परेका भ्रष्टाचारका फाइलहरु हामीले उधिन्न थालेपछि चोरले खुट्टा उचाल्यो’

Advertisement

गुल्मी । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बर्षौंदेखि धुलो परेका भ्रष्टाचारका फाइलहरु हामीले उधिन्न थालेपछि चोरले खुट्टा उचालेको टिप्पणी गरेका छन् । 

आफ्नो गृहजिल्लाको एक कार्यक्रममा उनले, ‘अहिले तपाईँले सुनिरहनुभएको छ त्यसका तरङ्गहरू। हामीले त केही भनेका छैनौँ तर ुचोरको खुट्टो काट्् भन्दा केही साथीहरूले त्यत्तिकै त्यत्तिकै खुट्टा उचालिरहनु भएको छ।’

Advertisement

सुशासनका क्षेत्रमा वर्तमान सरकारले कामहरू सुरु गरेको दाबी गर्दै ज्ञवालीले वर्षौँदेखि धूलो परेका भ्रष्टाचारका फाइलहरू अहिले आफूहरुले उधिन्न थालेको दाबी गरे । 

आफ्नो दलमा देखिएको विवाद र विभाजनतर्फ सङ्केत गर्दै उनले थपे, ‘नेकपा त्यति कमजोर छैन कि कसैलाई गलत आरोपहरू लगाएर प्रतिशोध साँध्नुपरोस्। हामी कसैलाई प्रतिशोध साँध्दैनौँ।तर कसैलाई बचाउन पनि सक्दैनौँ।’

मन्त्री ज्ञवालीले भ्रष्टाचारीको कुनै पार्टी, जात र धर्म हुँदैन भन्दै भ्रष्टाचार भ्रष्टाचार हो र जो कसैले गरे पनि त्यो अक्षम्य हुन्छ भने । उनले भ्रष्टाचारीहरुले अहिलेको सरकारले जोगाउन नसक्ने पनि दाबी गरे । 

Advertisement

Advertisement