दाहालको नेताहरुलाई प्रश्न– प्रदेशका कारण राजश्व बढ्यो ? नागरिकले थप सेवा पाए ? विकास भयो ?

Advertisement

काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले देशको बजेटको ११ प्रतिशत खर्च गर्ने प्रदेशहरुको औचित्य पुष्टि गर्न नेताहरुलाई चुनौति दिएका छन् । 

सामाजिक सञ्जालमार्फत उनले प्रदेश सरकारका कारण राजश्व कति बढ्यो ? नागरिकले गुणस्तरीय र थप सेवा सहजरुपमा पाए ? कुन कुन क्षेत्रमा विकास भयो ? सघमा राजनीति बिथोलिँदा प्रदेशहरु स्थायी भए ? भनी प्रश्न गरेका छन् । 

Advertisement

प्रदेशहरु मुलुक र जनतालाई बोझ भयो भनेर चौतर्फी आजान उठिरहेको बेला दाहालले यसको औचित्यता नरहेको संकेत गरेका छन् । 
 

देशको बजेटको११%खर्चगर्ने प्रदेश सरकारको औचित्यमा केही प्रश्न:
१)प्रदेश सरकारको कारण राजश्व बढ्यो?
२)प्रदेश सरकारको कारण नागरिकले गुणस्तरीय र थप सेवा सहज रुपमा पाए?
३)प्रदेश सरकारका कारण कुन कुन क्षेत्रमा विकासले थप गति पायो?
४)संघमा राजनीति विथोलिॅदा प्रदेश स्थायी र सुचारु रहे?!

— Tara Nath Dahal (@tndahal7) January 24, 2021

Advertisement

Advertisement