गैरआवासीय नेपाली संघको विधान संशोधन, आर्थिक पारदर्शीताबारे सुझाव दिन समिति गठन

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघको विधान संशोधन भएको छ । विवादका बीच संघको बिशेष महाधिवेशनले सदस्यता शुल्कलगायतका विषयमा बिधान संशोधन गरेको हो । 

संघमा आर्थिक व्यवस्थापन र पारदर्शिता कायम राख्न गर्नुपर्ने सुधार सम्बन्धमा सुझाव दिनको लागि गोवा कटुवालको संयोजकत्वमा रञ्जित महतो र डिला खरेल सदस्य रहेको समिति गठन गरिएको छ भने संघका हरेक राष्ट्रिय समन्वय समितिले सदस्यता शुल्क तोक्नसक्ने व्यवस्थासहित विधान संशोधनको प्रस्ताव पारित गरिएको छ । 

Advertisement

भर्चुअल माध्यमबाट गरिएको महाधिवेशन विवादरहित तरिकाले सम्पन्न गर्न सकिएको संघका महासचिव हेमराज शर्माले बताएका छन् । उनले  विधान संशोधनको विषय पूरानो भएको बताउँदै निर्वाचन प्रणालीलाई पारदर्शी र वैज्ञानिक बनाउनुपर्छ भनेर पटकपटक संशोधनको प्रस्ताव पेश गरिएको र पछि सर्दै आएको बताएका छन् । उनले केही प्रगतिशील मुद्दाहरुलाई थाँती राख्नुपरेको पनि बताएका छन् ।

Advertisement

Advertisement