‘वैशाख १७ र २७ मा चुनाव गर्ने, जेठ १५ मा बजेट ल्याउने, खेलकुदलाई पर्याप्त बजेट छुट्टाउने हो’

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले तोकिएको मितिमा नै निर्वाचन हुने र तोकिएको मितिमा बजेट पनि आउने दाबी गर्दै अबको बजेटमा खेलकुदका लागि पर्याप्त बजेट छुट्टाउने बताएका छन् । 

राष्ट्रिय खेलकुद परिषद्ले राजधानीमा आयोजना गरेको ‘प्रधानमन्त्रीसँग खेलकुद’ कार्यक्रममा मंगलबार उनले आउँदो वैशाख १७ र २७ गते निर्वाचन सम्पन्न हुने र जेठ १५ गते बजेट ल्याउने बताउँदै बजेटमार्फत खेलकुद क्षेत्रका लागि बजेट बिनियोजन गर्ने आश्वासन दिएका हुन् । 

Advertisement

ओलीले भने, वैशाख १७ र २७ मा चुनाव सकिन्छ, जेठ १५ मा बजेट आउँछ। खेलकुद क्षेत्रलाई समेट्ने गरी पर्याप्त मात्रामा बजेट छुट्याइन्छ।’

नेपालको इतिहासमा नेपालीले कहिल्यै नहारेकाले खेलकुदमा पनि हार नहुने तर्क गर्दै उनले स्वर्ण पदक आफूलाई र काश्य र रजत पदक अरुलाई पार्नेगरी खेलकुदमा लाग्न खेलाडीहरुलाई सुझाव दिए। ओलीले बालबालिकालाई खेल क्षेत्रमा लाग्न पनि सल्लाह दिए । 

साथै, प्रधानमन्त्रीले प्रशिक्षक र खेलाडी छनोट गर्दा विशेष ध्यान दिनुपर्ने बताए । उनले यस्तो छनोटमा विभेद नगर्न सल्लाह दिँदै भने, ‘सेलेक्सनमा भेदभाव गर्नुहुँदैन। सबै कुरा हेर्नुपर्छ ।’ खेलकुदको समग्र विकासका लागि सरकार सकारात्मक रहेको भन्दै उनले बजेट बढाउने बताए । 

Advertisement

Advertisement