नयाँ प्राइभेट फर्म दर्ता अब जिल्लास्थित घरेलु कार्यालयमै

Advertisement

काठमाडौं । निकासी पैठारी व्यापार बाहेकका नयाँ प्राइभेट तथा साझेदारी फर्म दर्ता तथा नियमनकोे काम घरेलु कार्यलयमार्फत हुने भएको छ । यसअघि वाणिज्य, आपूर्ति तथा उभोक्ता हित संरक्षण विभागमा दर्ता हुँदै आएका फर्म आउँदो फागुनदेखि बागमती प्रदेशका घरेलु कार्यलयमा दर्ता हुनसक्ने छन् ।

वाणिज्य प्रशासनसम्बन्धी कार्य जिम्मेवारी हस्तान्तरण अवधारणापत्र तथा कार्ययोजनाअनुरूप विभागमा दर्ता हुँदै आएकोमा अब नयाँ फर्म जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयबाट दर्ता हुने भएको हो । 

Advertisement

विभागका प्रवक्ता शिवराज सेढाईले निकासी पैठारी बाहेकका नयाँ फर्म दर्ता घरेलु कार्यालयमार्फत गर्न लागिएको जानकारी दिए । स्थानीय व्यापार गर्न इच्छुक व्यक्तिहरूले व्यवसाय दर्ताको लागि सम्बन्धित जिल्लाको घरेलु तथा साना उद्योग कार्यलयमा सम्पर्क गर्नुपर्ने उनको भनाइ छ ।

विभागमा पहिले नै दर्ता भइसकेका फर्महरूको नवीकरण, संशोधन र खारेजीसम्बन्धी कार्य भने सम्बन्धित प्रदेशमा हस्तान्तरण नभएसम्म विभागबाटै हुनेछन् । अनलाइन माध्ययमबाट व्यवसाय दर्ता लगायतका नियमनसम्बन्धी सेवा प्रवाह सहजीकरणका लागि विभाग र फोन पेबीच सम्झौता भएको विभागले जानकारी दिएको छ । 

कारोबार दैनिकबाट ।

Advertisement

Advertisement