नेपाल टेलिकमको छलाङः एमडी अधिकारीको यस्तो छ भावी रणनीति

Advertisement

गत वर्षदेखि कोभिड–१९ को महामारीको कारणले विश्वलाई नै आक्रान्त बनाएको अवस्थामा सोको असर निःसन्देह मुलुक र कम्पनीलाई पनि पर्न गयो । महामारी र लकडाउनको कारणले एकातर्फ, कम्पनीका आयोजनाहरुका लागि कार्यतालिका अनुसारका उपकरणहरु आपूर्ति गर्न असम्भव हुन गयो भने अर्कोतर्फ कम्पनी परिसरमा प्राप्त भई सकेका उपकरणहरु निश्चित स्थानमा ढुवानी गर्न जनशक्ति लगायतका स्रोतसाधन परिचालन गर्न समस्या पर्न गयो । आपूर्ति गरिएका उपकरणसंग सम्बन्धित वैदेशिक तालिमहरु सञ्चालन गर्न असम्भव हुन गयो भने मुलुकभित्रै उपकरण जडान गर्नु पर्ने घरका घरघनीहरुले स्वास्थ्य सुरक्षाका कारणले वाह्य व्यक्तिलाई प्रवेश गर्न दिन सक्ने अवस्था रहेन ।

विगत र वर्तमानको संक्षिप्त विवेचना

Advertisement

१७ वर्ष अघि स्थापना हुँदा कम्पनीको ग्राहक आधार करिव ४ लाख २२ हजार रहेकोमा आज कम्पनीको ग्राहक आधार २ करोड ९ लाख नाघिसकेको छ । यसको अर्थ, हाल मुलुकको करिव ७० प्रतिशत जनसंख्यामा नेपाल टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ । कम्पनीले मुलुकको ७७ वटै जिल्लामा ताररहित प्रविधिमा आधारित 4G मोबाइल र डाटा सेवा तथा ४२ जिल्लामा अप्टिकल फाइवरमा आधारित FTTH सेवा सञ्चालनमा ल्याएपछि ग्राहक आधारमा निरन्तर बृद्धि भइरहेको छ ।

कम्पनीले आधारभूत टेलिफोन (PSTN/Fixed), ताररहित GSM/मोबाइल, अति दुर्गम विकट स्थानहरुमा स्याटेलाइट प्रबिधिमा आधारित VSAT  टेलिफोन सेवा, इन्टरनेट/डाटा सेवा (Wireless अन्तर्गत 4G, 3G, EVDO, WiMAX, WiFi Hotspot Wireline अन्तर्गत FTTH, ADSL, Fiber Lease) तथा अन्य Value Added Services (VAS) सेवाहरु उपलब्ध गराउंदै आएको छ ।

FTTH सेवा अन्तर्गत एउटै फाइबरको माध्यमबाट डाटा र भ्वाइस उपलव्ध भइरहेकोमा गत जनवरी १ तारिखमा NTTV ब्राण्डमा IPTV सेवाको शुभारम्भ भए पश्चात Triple Play (अर्थात्, Voice, Data Video) को अवधारणा कार्यान्वयन गर्ने सफलता कम्पनीलाई प्राप्त भएको छ ।

कम्पनीको प्रगतिको तुलनात्मक तथ्याङ्क

कम्पनीको ग्राहक आधार आधारभूत सेवा (PSTN), GSM, CDMA तर्फ २०७६ असार मसान्तमा करिव २ करोड २७ लाख (७६.९५% टेलीघनत्व) रहेको थियो। करिव २० लाख निष्क्रिय ग्राहक  सिष्टमबाट हटाउने क्रममा २०७७ असार मसान्तमा ग्राहक आधार करिव २ करोड (६७.७६% टेलीघनत्व) पुगेतापनि ग्राहक आधारमा क्रमिक रुपमा वृद्दि हुँदै २०७७ मंसीर मसान्तसम्म ग्राहक आधार २ करोड ९ लाख (६९.८% टेलीघनत्व) पुगेको छ |

यसैगरी Covid-19 बाट सिर्जना भएको असहज परिस्थितिका बाबजुद .. २०७६/७७ मा कम्पनीको आय रु ४२ अर्व ९८ करोड पुगेको छ भने कम्पनीको खुद मुनाफा रु ९ अर्व ७४ करोड भएको छ । मुलुकको अर्थतन्त्रमा कम्पनीले पुर्‍याएको योगदान हेर्ने हो भने आ.व. २०७५/७६ मा Income Tax, Value Added Tax, TSC, Ownership Tax, Customs Duty, Royalty, RTDF, Dividend, Property & Vehicle Tax लगायतका कर तथा गैह्रकर गरी कम्पनीले रु ३३ अर्व ३० करोड (कूल आयको ७५%) रकम योगदान गरेको थियो भने यस आ.. २०७६/७७ मा रु ३५ अर्व ५ करोड (कूल आयको ८१%) योगदान गरेको छ ।

कम्पनीको सेवा विस्तार

भ्वाइस सेवातर्फ : कम्पनीको ग्राहक आधार २०७७ मंसिर महिनाको अन्त्य सम्ममा करोड लाख २७ हजारभन्दा बढी रहेको सो मध्ये जीएसएम मोबाइलका ग्राहक करोड ८४ लाख ३१ हजार, सीडीएमए सेवाका १८ लाख हजार पीएसटीएन सेवाका ग्राहक लाख १७ हजार रहेका छन् त्यसैगरी एफटीटीएच भ्वाइस सेवाका ग्राहक ७१ हजार सय रहेका छन् २०७७ कात्तिक महिनाको नेपाल दूरसञ्चार प्राधिकरणको MIS Report अनुसार भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा कुल ५३.६५ प्रतिशत रहेको

इन्टरनेट डाटा सेवातर्फ : कम्पनीको डाटा (इमेल, इन्टरनेट आदि) सेवाका प्रयोगकर्ता २०७७ मंसिर महिनाको अन्त्यसम्ममा कुल करोड ६४ लाख हजार सय भन्दा बढी पुगेको छ। सो मध्ये जीएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता करोड ५९ लाख ९९ हजार, एडीएसएल सेवाका प्रयोगकर्ता लाख ८१ हजार सय, एफटीटीएच डाटा सेवाका प्रयोगकर्ता ६८ हजार WiMAX सेवाका प्रयोगकर्ता १८ हजार सय रहेका छन् GSM 4G तर्फ हालसम्म करिव २५ लाख ग्राहक पुगिसकेको छ ।

मुलुकका सम्पूर्ण भूभागमा अत्याधुनिक दूरसञ्चार सेवा उपलब्ध गराउने योजना अन्तर्गत मुलुकमै पहिलो पटक अत्यन्त तीव्र गतिको वायरलेस प्रविधिको LTE Advanced फोरजी मोबाइल सेवा देशव्यापी रुपमा विस्तार भइरहेको यो सेवा ७७ वटै जिल्लाको ६२० स्थानीय तह सम्म पुगिसकेको

कम्पनीले एउटै फाइबरबाट फोन, इन्टरनेट टेलिभिजन सेवा उपलब्ध हुने  Fiber To The Home (FTTH)  सेवाको योजनालाई चालू आर्थिक वर्षमा निरन्तरता दिदै सेवा विस्तार तीव्र रुपमा गरिरहेको यो सेवा ४२ जिल्लामा पुगिसकेको FTTH नेटवर्कमा NTTV टेलिभिजन सेवा जनवरी , २०२१ देखि शुरु भएको हो । यसबाट FTTH भएका स्थानमा Video On Demand (VOD) जस्ता सेवा ग्राहकलाई उपलव्ध गर्न सकिने एउटै फाइवरबाट भ्वाइस, इन्टरनेट तथा टीभी उपलब्ध हुने भएकाले कम्पनीका लागि यो एक महत्वपूर्ण कोशेढुंगा सावित हुने विश्वास लिइएको कम्पनीको FTTH सेवामा ग्राहकहरुको ठूलो आकर्षण देखिएको हालसम्म लाख १५ हजार FTTH connection पुगिसकेको छ ।  

मुलुकमा FTTH सेवाको विस्तारको क्रम हेर्ने हो भने धवलागिरी अञ्चलका वाग्लुङ, पर्वत, म्याग्दी मुस्ताङ जिल्ला सदरमुकामहरुबाट तामाको तारको नेटवर्कलाई  अप्टिकल फाइवर नेटवर्कले पूर्ण रुपमा विस्थापित गर्ने कार्य सम्पन्न भई सकेको छ। यसको अलावा वाग्लुङको कुँडुले एक्सचेञ्जवलेवा एक्सचेञ्ज, म्याग्दीको गलेश्वर एक्सचेञ्ज, मुस्ताङको मार्फा कागवेनी एक्सचेञ्ज क्षेत्रमा तामाको तारको नेटवर्क पूर्ण रुपमा विस्थापित भई सकेको छ । यसैगरी पश्चिम नवलपरासीको वर्दघाट एक्सचेञ्ज काभ्रे जिल्लाको बनेपा एक्सचेञ्ज क्षेत्रमा समेत तामाको तारको नेटवर्कलाई  अप्टिकल फाइवर नेटवर्कले पूर्ण रुपमा विस्थापित गर्ने कार्य सम्पन्न भइसकेको छ। यी कार्यालयहरुका कार्यालय प्रमुख लगायत संलग्न सबै लगनशील कर्मचारी मित्रहरुलाई हार्दिक बधाई दिन चाहन्छ र देशभरका अन्य कार्यालयहरुमा समेत FTTH ले Copper Based Network लाई बिस्थापित गर्ने कार्य तिब्ररुपमा अगाडी बढाउने ब्यहोरा समेत अनुरोध गर्न चाहन्छु ।

पूर्वाधार विकासतर्फ

मध्य पहाडी लोकमार्गलाई आधार मानी प्रदेश १, २ र बाग्मति का जिल्ला, नगरपालिका र गाउँपालिकाहरु लाई समेट्ने गरी अप्टिकल फाइबर बिछ्याउने कार्य द्रुत गतिमा अघि बढाइएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्ने मध्य पहाडी लोकमार्गमा समेत अप्टिकल फाइबर बिछ्याउने गरी हालै सम्झौता भई कार्य अगाडि बढाइएको छ । अन्तर निकाय वीच समन्वयको कमी कमजोरी, Covid-19 को प्रभावले सुस्त बनेको आयोजना कार्यान्वयन हाल Covid-19 कम प्रभाव, अन्तरनिकायबिच को सुमधुर समन्वयको कारणले तीव्र रुपमा अगाडि बढिरहेको  र चालु आ.. मा अधिकांश कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यस पूर्बाधारले सूचना महामार्ग निर्माणको परिकल्पनालाई पूरा गरि Digital Nepal निर्माणका लागि आवस्यक Digital Foundation तयार गर्न महत्वपूर्ण योगदान दिने बिश्वास लिएको छु ।

मोबाइल बैङ्किङतर्फ

मोबाइलबाटै अधिकांश आर्थिक कारोबार गर्न सकिने योजना कार्यान्वयनका लागि नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको स्थापना गरिएको छ। नेपाल टेलिकमको सहायक कम्पनीको रुपमा कार्य गर्ने गरी Mobile Financial Service सञ्चालनको अन्तिम चरणको कार्य भइरहेको छ । कम्पनीले डिजिटल पेमेन्ट्स अर्थात मोबाइल मनीका लागि चाहिने आवश्यक पूर्वाधारका लागि तयारी गरिरहेको छ । आगामी दिनमा मोबाइलबाटै सबै कारोबार गर्न सकिने भएकाले नेपाली जनताका लागि यो नयाँ अनुभव हुनेछ । Digital Nepal Framework कार्यान्वयन, Cashless Society को परिकल्पनालाई साकार पार्ने र वित्तिय पहुँच विस्तार गरी सुशासन र बित्तिय कारोबारमा पारदर्शिता कायम गर्नमा यसले महत्वपूर्ण योगदान दिनेछ ।

संस्थागत सामाजिक उत्तरदायित्वतर्फ

- बागमती सरसफाइ महाअभियानमा सहभागिता तथा सहयोग ।

- नेपालमा फुटबल खेलको विकास तथा खेलाडीहरुको व्यावसायिकतालाई सहयोग पुगोस् भन्ने उद्देश्यले नेपालको ए डिभिजन फुटबलको विभागीय टिम नेपाल पुलिस क्लबलाई वि.सं. २०६८ देखि नियमित रुपमा प्रयोजन गर्दै आइरहेको ।

- भूकम्प प्रभावित तथा अन्य दुर्गम १७ जिल्लाहरुमा ICT Center स्थापना गर्ने कार्य सम्पन्न ।

- कागजरहित वातावरणको सिर्जना गर्न MPOS तथा अन्य Pinless रिचार्जको प्रवर्द्धन ।

- बोल्न तथा सुन्न नसक्ने व्यक्तिहरुका लागि मोबाइलमा सहुलियत दर (प्रतिमिनेट ५० पैसा, करबाहेक) मा कल सेवा उपलब्ध ।

- पर्यटकीय स्थल राराताल वरपर फोहोर व्यवस्थापन गर्न ८० थान Dustbin राखी फोहोर व्यवस्थापन गर्ने कार्य भएको ।

- विभिन्न दिवसलगायत पर्व, अभियान, सम्मेलन र प्राकृतिक विपद्का समयमा सूचना तथा अन्य जानकारीमूलक सन्देशहरु निःशुल्क Bulk SMS मार्फत प्रवाह गर्दै आएको ।

- कोभिड१९ को अवस्थामा गरिएको लकडाउन समयमा सेवाग्राहीहरुलाई डाटा सेवामा विभिन्न छुट, रिचार्जमा शतप्रतिशत बोनस र अन्य विभिन्न प्याकेजको व्यवस्था ।

लकडाउनको समयमा विदेशबाट आएका नेपाली नागरिकहरुलाई होल्डिङ सेन्टर तथा क्वारेन्टाइन सेन्टरमार्फत निःशुल्क सिम वितरण । होल्डिङ सेन्टरहरुमा निःशुल्क वाइफाई सुविधा उपलब्ध गराएको ।

- नेपाल सरकारको शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना अनुरुप देशभरका विद्यालयका विद्यार्थी, अभिभावक र शिक्षकको लागि निःशुल्क पाठशाला CUG  सिम तथा Happy Learning Pack को व्यवस्था गरिएको ।

बार्षिकोत्सवको अवसरमा सेवाको शुरुवात

नेपाल टेलिकमले कम्पनीको १७औं वार्षिकोत्सवका अवसरमा माघ २२ देखि मुलुकभर फोरजी मोबाइलमा चलाउन मिल्नेगरी आकर्षक सुविधा सहित फोरजी वायरलेस होम ब्रोडव्याण्ड सर्भिस (4G Wireless Home Broadband Service - WBS) र मेसिन टु मेसिन डाटा र एसएमएस प्याक (M2M Data and SMS Pack) सेवाको शुरुवात गरेको छ ।

एफटीटीएच वा तारवाला टेलिफोन नपुगेका वा वाईफाई सेवा उपलब्ध नभएका तर वायरलेस माध्यमबाट धेरै डाटा चलाउने मुलुकभरका फोरजी ग्राहकहरुले CPE (Customer Premises Equipment) प्रयोग गरी सुलभ दरमा फोरजी वायरलेस होम ब्रोडव्याण्ड सेवाबाट इन्टरनेट प्रयोग गर्न सक्नेछन् । हाल यो सेवा प्रतिमहिना रु. ९ सयमा ६० जिबी, रु. १५ सयमा  १२० जिबी र वार्षिक रु. ९,६०० सयमा ७२० जिबी र रु. १६,००० मा १,४४० जिबी उपलब्ध हुनेछ ।

व्यावसायिक उपकरणहरु वीच डाटा आदान प्रदान गरी सवारीसाधन लगायत अन्य उपकरणहरुको location update गर्ने, logistics management गर्ने प्रयासहरु विश्वव्यापी रुप मै वृद्धि भइरहेको परिप्रेक्ष्यमा कम्पनीले आजैबाट शुरु गरेको "मेसिन टु मेसिन डाटा र एसएमएस प्याक" कार्यालय प्रयोजनका लागि आकर्षक हुने देखिन्छ।

कम्पनीको भावी रणनीति

१।   चालु आयोजनाहरुलाई स्वीकृत कार्ययोजना अनुसार समयमा नै सम्पन्न गर्ने र गुणस्तरीय सेवा प्रदान गर्ने

२।   मर्मत सम्भारलाई थप वैज्ञानिक र भरपर्दो बनाउने Network Availability बढाई गुणस्तलाई सुनिश्चित गरिने छ ।

३। GIS मार्फत पूर्बाधारहरुको अभिलेखिकरण तथा सो को प्रयोगबाट योजना तथा कार्यान्वयनमा प्रभावकारीता कायम गरिने, Driverless Optimization मार्फत मोबाइल सेवाको गुणस्तरलाई निरन्तर अनुगमन तथा सुधार गरिने छ ।

३।   Digital Platform  मार्फत सेवा प्रवाह, गुनासो व्यवस्थापन लगायतका कार्यहरु गर्ने

४।   नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसंचार प्राधिकरण को सहकार्य र सहमतिमा दूरसंचार पूर्वाधार सेवा प्रदायक कम्पनी गठन गरी संचालन गर्ने र पूर्बाधारको सह-प्रयोग मार्फत लागत कम गराई सेवालाई सस्तो बनाउन कम्पनी अग्रणि भूमिका निर्बाह गर्न तयार रहेको ब्यहोरा अनुरोध गर्न चाहन्छु ।

५।   कम्पनीको कार्यशैली र व्यवस्थापकीय सुधार गर्नका लागि Strategic Management Partner भित्र्याउन पहल गर्ने ।

६।   सबै स्थानिय निकायहरुमा Broadband सेवा पुर्‍याई Digital Divide कम गर्दै Digital Literacy लाई प्रोत्साहन गर्ने बाताबरण तयार गरिने छ Digitalization को प्रकृयालाई सहयोग गरिने छ ।

७।   BigData/ BI, Artificial Intelligence(AI) को प्रयोग मार्फत सेवालाई बढि ग्राहक मैत्री बनाइने छ ।

८।   5G सेवा सञ्चालनको लागि परिक्षण तथा अध्ययन गर्ने र व्यावसायिक सञ्चालनको लागि प्रारुप तयार गर्ने ।

(नेपाल टेलिकमको १७ औं वार्षिकोत्सवको अवसरमा माघ २२ गते आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले व्यक्त गरेको मन्तव्यको सम्पादित अंश )

Advertisement

Advertisement