मोटरसाईकल वर्कशपहरुलाई म्याक सर्भमा स्तरोन्नती गरिदै

Advertisement

काठमाडौँ । भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित विश्वप्रसिद्घ म्याक ल्युब्रिकेन्टस् र नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिको संयुक्त परियोजनामा सिप्रदीद्वारा देशको विभिन्न स्थानहरुमा मोटरसाईकल वर्कशपलाई म्याक सर्भमा स्तरोन्नती गरिएको छ । 

भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड ल्युब्रिकेन्टस्का कन्ट्री म्यानेजर मुकुन्द धमला र सिप्रदी सिप्रदी ट्रेडिङ्ग प्रालिका डेपुटी जनरल म्यानेजर रोशनकुमार श्रेष्ठको उपस्थितीमा नेपालको २ नम्बर प्रदेश अन्तर्गत लहानको केन्द्रबिन्दु लहानचोकमा रहेको शंकर एण्ड ब्रदर्स आटो पार्ट्स र प्रदेश नम्बर ३ अन्तर्गत पर्यटकिय स्थल नारायणगढ़को केन्द्रबिन्दु लायन्सचोकमा रहेको चितवन बाईक सर्भिस सेन्टरलाई म्याक सर्भमा स्तरोन्नती गरिएको हो ।

Advertisement

म्याक सर्भमा ग्राहकहरुले अत्याधुनिक उपकरणहरुबाट उत्कृष्ट र उच्चस्तरीय सर्भिसिङ सेवा प्राप्त गर्न सक्नेछन् । जहाँ म्याक ल्युब्रिकेन्टस्को प्रयोग गरी मोटरसाईकल तथा स्कुटरहरुको सर्भिसिङ सेवा प्रदान गरिनेछ । उक्त वर्कशपमा ग्राहक महानुभावहरुले कुनैपनि ब्राण्डको मोटरसाईकल तथा स्कुटरहरुको सर्भिसिङ गरी उत्कृष्ट सेवा प्राप्त गर्न सक्नेछन् । यसको साथै म्याक सर्भको स्तरोन्नती गरिएको अवसरमा  फेब्रुअरी १५ सम्म यी वर्कशपहरुमा सर्भिसिङ गर्दा म्याक ल्युब्रिकेन्टस्मा १५ प्रतिशत, लेवर चार्जमा २० प्रतिशत र अन्य पार्टस्हरुमा १० प्रतिशत सम्मको छुटको व्यवस्था गरिएको छ ।  

म्याक सर्भमा स्तरोन्नती भएका वर्कशपहरुले विभिन्न ब्राण्डका जेन्युइन पार्टपुर्जाहरु पनि उपलब्ध गराउदै आइरहेको छन् । हालसम्म  काठमाडौँ, पोखरा, लहान र चितवनमा म्याक सर्भको स्तरोन्नती भइसकेको छ भने कोहलपुर, भक्तपुर र इटहरीमा पनि छिट्टै सुरुवात हुँदैछ ।

Advertisement

Advertisement