वाणिज्य बैंकको सस्तो शेयर किन्ने हो ? कुन बैंकको शेयर मूल्य कति ? (सूचीसहित)

Advertisement

काठमाडौं । पछिल्लो समय शेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दो छ । साधारण शेयर(आईपीओ) मा आवेदन दिनको संख्या १५ लाख नाघ्न थालेको छ ।  पछिल्लो समय नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा अहिलेसम्म धेरै लगानीकर्ताको आवेदन पर्यो । 

यता दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको संख्या पनि दिनहुँ बढ्दै गएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से) मा सूचीकृत भएर कारोबार गरिरहेका दुई सयभन्दा बढी कम्पनीहरु रहेका छन् । जसमध्ये २६ वटा बाणिज्य बैंक छन् । 

Advertisement

शेयर बजारमा सबै भन्दा ठूलो हिस्सा बाणिज्य बैंकहरुको छ । यदी तपाईँ वाणिज्य बैंकको शेयर किन्दै हुनुहुन्छ भने २१  वटा वाणिज्य बैंकको शेयर मूल्य ५ सय रुपियाँ भन्दा कम छ । सबैभन्दा कम सिभिल बैंकको शेयर मूल्य २ सय ३२ रुपियाँ छ । सबैभन्दा बढी शेयर मूल्य नबिल बैंकको छ । नबिलको शेयर मूल्य एक हजार १ सय १६ रुपियाँ छ । 

पाँच सयभन्दा बढी शेयर मूल्य भएका ५  बाणिज्य बैंक
नेप्सेका अनुसार प्रतिकित्ता पाँच सय रुपियाँ भन्दा माथि शेयर मूल्य भएका ५  बैंक छन् । सबै भन्दा धेरै शेयर मूल्य नबिल बैंक छ । गत बिहीबार बैंकको शेयर मूल्य १ हजार १ सय १६ रुपियाँ छ । एनआइसी एशिया बैंकको ८ सय ७७ रुपियाँ,  एभरेष्ट बैंकको सात सय ७७ रुपियाँ, स्ट्याण्डर्ड चार्टर्डको ६ सय २६ रुपियाँ र हिमालयन बैंकको शेयर मूल्य प्रतिकित्ता पाँच सय ३८ रुपियाँ छ । 

पाँचसय भन्दा कम शेयर मूल्य भएका २१ बाणिज्य बैंक यी हुन् 

बिहीबारसम्म २१  वटा वाणिज्य बैंकको प्रतिकित्ता शेयर मूल्य पाँच सय रुपियाँ भन्दा तल रहेको छ । जसमध्ये सबै भन्दा सस्तो शेयर सिभिल बैंकको छ । बिहीबार बैंकको शेयर मूल्य दुई सय ३२ रुपियाँ रहेको छ । 


 

Advertisement

Advertisement