साखः ग्रुपले कृषि र पर्यटनमा एक अर्ब रुपियाँ लगानी गर्नै

Advertisement

काठमाडौं । कपिलवस्तुको गोरुसिंगेबाट तौलिहवातर्फ ६ किलोमिटरको यात्रा गरेपछि पूर्वतिर हेर्दा जंगलको बीचमा सुन्दर फाँट देखिन्छ । घनाजंगलको बीचमा रहेको खाली जग्गामा ठूला पोखरी र खोरहरूमा व्यावसायिक घराना साखः ग्रुपका उपाध्यक्ष किरण साखःले माछा, बाख्रा र हाँस पालिरहेका छन् । तीन वर्षअघि २० बिघा जमिन र फार्म खरिद गरेर उनी व्यावसायिक कृषिमा प्रवेश गरेका हुन् ।

कोभिड महामारीकै बीचमा साखःले झापाको सुरुंगामा सञ्चालित हेप्पिल्यान्ड फनपार्कमा साझेदार बनेर पर्यटन व्यवसायमा पनि हात हालेका छन् । उनको प्रवेशसँगै फनपार्कमा जिपलाइन पनि सञ्चालनमा आइसकेको छ । अहिले जिप लाइनको ट्रायल चलिरहेको छ । छिट्टै लक्जरी रिसोर्ट र सामुद्रिक छालमा बसेको अनुभूति दिलाउने वेभ पुलको तयारी भइरहेको साखः बताउँछन् । गोरुसिंगेमा पनि कृषिसँगै आधुनिक फनपार्क र एडभेन्चर रिसोर्ट बनाएर कृषि पर्यटनको ‘हट डेस्टिनेसन’ बनाउने उनको टिमको योजना छ । 

Advertisement

पेन्ट्स, स्टिल, गार्मेन्ट, ननफिरियस मेटल्सलगायत उद्योगमा जमिरहेको साखः ग्रुप अहिले कृषि र पर्यटनमा भविष्य खोज्दै झापा र कपिलवस्तुको प्रोजेक्टतिर बढी व्यस्त देखिन्छ । 

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement