अम्बे स्टिल्स्ले सम्पन्न गर्यो कन्ट्रयाक्टर सम्मेलन २०७७ सम्पन्न

Advertisement

काठमाडौं । देशकै सबैभन्दा ठूलो छड उत्पादक कम्पनीको रुपमा चिनिएको अम्बे स्टिल्स्ले शुक्रबार सल्लाघारीमा कन्ट्रयाक्टर सम्मेलन आयोजना गरेको छ । कार्यक्रममा कम्पनीका तर्फबाट कन्ट्रयाक्टरहरुलाई नेपालमा टिएमटी छडको प्रयोग गर्दा अनिवार्य पालना गर्नुपर्ने सावधानीहरुबारे जानकारी प्रदान गरिएको थियो । 

साथै टिएमटी छड बेण्डिङ गर्ने तरिकाको बारेमा पनि विस्तृत जानकारी प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका प्रतिनिधिले उच्च गुणस्तरको कच्चा पदार्थ नै राम्रो टिएमटी छड उत्पादनको प्रमुख स्रोत भएको, जसमा कच्चा पदार्थमा हुनपर्ने अत्यावश्यक तत्वहरुलाई उचित तवरले मिश्रण गरी त्यसमा आउने खराब तत्वहरु सल्फर फोस्फोरसलाई न्युनीकरण गरेर बनाइएको कच्चा पदार्थलाई अत्याधुनिक प्रविधिको प्रयोगबाट बनाइएको टिएमटी छड नै निर्माण कार्यको लागि उपयुक्त मानिन्छ भन्ने कुराको जानकारी दिएका थिए । 

Advertisement

अम्बे स्टील्स्ले आफ्नो भैरहवा र नेपालगञ्जमा अवस्थित दुईवटा फ्याक्ट्रिबाट नेपालकै सबैभन्दा बढी दैनिक एक हजार चार सय टन छड उत्पादन गरी नेपाली बजारमा पु¥याउदै आएको छ ।  आफूहरुद्धारा उत्पादित टिएमटी छड अन्तर्राष्ट्रिय गुणस्तरको रहेकोले नेपाली बजारमा सबैभन्दा बढि रुचाइएको कम्पनीको भनाई छ । हाल यस कम्पनीले एफई५००डी छड पनि उत्पादन गरी उपभोक्ता माझ पु¥याउदै आएको छ ।

Advertisement

Advertisement