देशकै ठूलो डण्डी उद्योग निर्माण सम्पन्न भई उत्पादनको तयारीमा

Advertisement

काठमाडौं । व्यावसायिक घराना सौरभ समूहले बाराको परवानीपुरमा स्थापना गरिरहेको सर्वोत्तम स्टिल उद्यागले वैशाखदेखि उत्पादन थाल्ने भएको छ । परवानीपुर–ड्राईपोर्ट सडकखण्डमा रहेको उद्योगको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । उद्योगले टिएमटी डन्डी बनाउने कच्चा पदार्थ बिलेट उत्पादन गर्नेछ ।

सर्वोत्तम स्टिलले वैशाख पहिलो हप्तादेखि बिलेट र तेस्रो हप्तादेखि टिएमटी डन्डी उत्पादन गर्ने समूहका अध्यक्ष विष्णु न्यौपानेले जानकारी दिए । बिलेट र डन्डी दुवै सर्वोत्तम ब्रान्डबाट बजारमा आउनेछन् ।

Advertisement

अहिले देशभर सञ्चालित अधिकांश स्टिल उद्योगहरूले भारतबाट बिलेट आयात गरेर डन्डी उत्पादन गर्दै आइरहेका छन् । करिब आधा दर्जन उद्योगहरूले स्वदेशमै आंशिक बिलेट उत्पादन गरे पनि अपुग भारतबाटै आयात गर्छन् । १६ बिघा क्षेत्रफलमा फैलिएको सर्वोत्तम स्टिलको कुल उत्पादन क्षमता वार्षिक ३ लाख मेट्रिकटन बिलेट र १ लाख मेट्रिकटन डन्डी रहेको छ ।

नयाँ पत्रिका दैनिकबाट ।

Advertisement

Advertisement